5 months ago
July 7, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- एन्फा यु–१६ युथ लिगमा आज फ्रेण्ड्स क्लब, मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले सहज जित निकालेका छन्।
एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा फ्रेण्ड्सले चर्च ब्वाइज युनाइटेडलाई ७-० को फराकिलो अन्तरले पराजित गर्यो।
खेलको पहिलो मिनेटमै सुनिल केसीले अग्रता दिलाए । मन्दीप ढुंगेलले ५ गोल आफ्नो नाममा लेखाए। उनले खेलको १६औं, २७औं, ३८औं, ५८औं र ८७औं मिनेटमा गोल गरे।
रेशब पुनले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जितलाई एकतर्फी बनाए। उत्कृष्ट प्रदर्शन गरेका मन्दीप ‘प्लेयर अफ द म्याच’ घोषित भए।
अर्को खेलमा हिमालयन शेर्पाले श्री भगवती क्लबमाथि ३–१ को जित निकालेको छ। प्रदीप खत्रीले ३०औं मिनेटमा गोल गर्दै खाता खोले। त्यसपछि ४०औं मिनेटमा विषु सुनुवार र ६२औं मिनेटमा जेनिल सुब्बाले गोल गर्दै अग्रता दोब्बर पारे।

श्री भगवतीका लागि ८८औं मिनेटमा अनिल गुरुङले सान्त्वना गोल गरे। हिमालयन शेर्पाका खत्री खेलको ‘प्लेयर अफ द म्याच’ बने।
दिनको अन्तिम खेलमा मनाङ ले सातदोबाटो युथ क्लबलाई ६–० ले हरायो। ३०औं मिनेटमा रोहन थापा मगरले पहिलो गोल गरे । ४३औं मिनेटमा विवेक मगरले दोस्रो गोल थपे। दोस्रो हाफमा मनाङले ४ गोल थप्दै एकतर्फी जित दर्ता गर्यो।
अर्जुन साउदले ६६औं मिनेटमा, राम अर्जेलले ७१औं मिनेटमा, शिओम श्रेष्ठले ८४औं मिनेटमा र इन्ज्युरी समयको चौथो मिनेटमा सोनम तामाङले गोल गरे। मनाङका शिओम श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ चुनिए।
लिगमा ‘ए’ डिभिजनका १४ टिम सहभागी छन् । डबल राउन्ड-रबिन फर्म्याटमा खेल भइरहेको छ। प्रतियोगिता फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम अन्तर्गत आयोजना गरिएको हो।
विजेता टोलीले २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। फेयर प्ले अवार्ड विजेतालाई पनि १५ हजार रुपैयाँ प्रदान गरिनेछ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]