5 months ago
July 9, 2025
एजेन्सी – साफ महिला यु-१७ च्याम्पियनसिप २०२५ को खेल तालिका सार्वजनिक भएको छ ।
बुधबार दक्षिण एसियाली फुटबल फेडेरेसनले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता आगामी महिनामा आयोजना हुदैछ । २० देखि ३१ अगस्टसम्म आयोजना हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतसँग खेल्नेछ ।

नेपालले २० अगस्टमा हुने उद्घाटन खेलमा भारतको सामना गर्नेछ । दोस्रो खेलमा २२ अगस्टमा घरेलु टोली भुटानसँग तथा तेस्रो खेलमा २४ अगस्टमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगिताको चौथो खेलमा पुनः बंगलादेशसँग तथा पाँचौ खेलमा भारतको सामना गर्नेछ ।
छैटौं खेलमा नेपालले फेरी घरेलु टोली भारतको सामना गर्नेछ । चार टोलीको सहभागीता रहने प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ । डबल राउण्ड रोबिनको शीर्ष स्थानमा रहने टोली च्याम्पियन हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]