default_image

5 months ago

July 10, 2025

पिएसजी क्लब विश्व कपको फाइनलमा, रियल पराजित

2862 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ।
रियल मड्रिडलाई बुधवार ४–० ले हराउँदै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो।

पिएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे। खेलको सुरुवाती २४ मिनेटमै पिएसजीले ३ गोल गर्दै रियलको डिफेन्स तहस नहस बनायो। पिएसजीले आइतबार चेल्सीसँग फाइनल खेल्नेछ ।

पिएसजी र रियलबीचको खेल न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको थियो। ७७ हजारभन्दा बढी दर्शकबीच निकै गर्मीमा खेल भएको थियो। तापक्रम ३८ डिग्री सेल्सियस पुगेको थियो।

रियल टोलीले यो खेलभन्दा केही दिनअघि फ्लोरिडा यात्रा गरेर फर्किएको थियो। थकान र समन्वय अभावको असर खेलमा प्रष्ट देखियो।

छैटौं मिनेटमा रुइसले पहिलो गोल गरे । नवौं मिनेटमा डेम्बेलेको गोल गरे। २४ औं मिनेटमा रुइसले अर्को गोल गर्दा पिएसजीले खेल पूर्ण रुपमा नियन्त्रणमा लियो ।

खेल सकिन ३ मिनेट बाँकी रहँदा रामोसको गोल गर्दै जितलाई थप सहज बनाए । रियलका डिफेन्डरको गल्तीमा पहिलो दुई गोल सम्भव भएको थियो।
रियलका किलियन एम्बाप्पेले पहिलो रोजाइमा खेले पनि खास प्रभाव पार्न सकेनन्।

लुका मोड्रिचले ६४ औं मिनेटमा मैदान प्रवेश गरे । रियलबाट त्यो उनको अन्तिम खेल थियो। एडर मिलिटाओ चोट मुक्त भएर मैदानमा फर्किए।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.