9 years ago
March 6, 2017
एजेन्सी – इङलिस प्रिमिएर लिग अन्तर्गत सोमबार राती हुने खेलमा प्रिमिएर लिगको अंक तालिकाको शिर्षस्थानमा रहेको चेल्सी र ११औं स्थानमा रहेको वेष्ट ह्याम आमनेसामने हुँदैछन्।

पछिल्लो २० लिग खेलमध्य १७ खेलमा जित हात परेको चेल्सीले लन्डन डर्बीमा अर्को क्लब वेष्ट ह्यामसंग भिड्दैछ। २० जित र ३ बराबरीसहित ६३ अंक जोडेको चेल्सी जितसंगै शिर्षस्थानमा आफ्नो पकड थप बलियो बनाउने दाउमा हुनेछ। दुई टोलीबिचको पछिल्लो खेलमा वेष्ट ह्यामले चेल्सीलाई २-१ले पराजित गरेको थियो।
चेल्सीको प्रशिक्षक एन्टोनियो कोन्टेलाइ सबै खेलाडी उपलब्ध छन् र उनले आफ्नो सर्वश्रेष्ठ टोलीलाई आजको खेलमा उतार्नेछन्। उता वेष्ट ह्यामको लागि भने उसको उच्च गोलकर्ता माइकल एन्टोनियो प्रतिबन्धका कारण खेलमा उपस्थित हुने छैनन्। यसबाहेक अर्का स्ट्राइकर एन्डी क्यारोल पनि चोटका कारण विश्राममा रहने बुझिएको छ।
खेल नेपाली समयानुसार मंगलबार बिहान १:४५ बजे सुरु हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]