10 years ago
October 1, 2015
३ पल्ट लिगको ए डिभिजन लिगको उपाधि उचालेको थ्रि स्टार र अहिलेसम्म लिग उपाधि विजयको स्वाद चाख्नबाट बञ्चित आर्मी आज लिगको शीर्षस्थानको होडबाजीमा आमने सामने हुँदैछन्|
०६३ सालको लिगमा अन्तिम खेलमा बराबरी गरे पनि लिग जित्ने अवस्थामा रहेको आर्मीले पुलिसलाई नतिजा सुम्पदा लिग पनिपुलिसले नै उचालेको थियो| लिगमा आर्मीको अहिलेसम्मको सर्वश्रेष्ठ नतिजा भनेको नै ०६३ सालमा दोश्रो स्थान हो|
तिन पटक ए डिभिजन लिग जितेको थ्रि स्टार पहिलो पटक राष्ट्रिय लिग जित्ने दाउमा छ| त्यसो त उपाधि होडबाजीमा रहेको अरु क्लब पनि उभन्दा धेरै पछि भने छैनन्|
विगतमा शारिरिक निपुणता र तेज गतिका लागि चिनिने आर्मी केहि समययता प्राविधिक रुपमा पनि चुस्त देखिदैं आएको छ| मेघराज केसीको नेतृत्वमा रहेको आर्मीले जारी लिगमा ११ खेलमा जम्मा एक खेल हारेको छ| गतहप्ता झापाविरुद्ध झापामै व्यहेरोको २-१को हार नै टोलीले अंक जोड्न नसकेको एकमात्र खेल हो|
यता थ्रिस्टार भने जेष्ठ २९ गते एन्फाका कार्यवाहक अध्यक्ष समेत रहेका ललितकृष्ण श्रेष्ठको निधनपछि अविभावक विहिन बनेको छ| नयाँ प्रशिक्षक राजेन्द्र तामाङले टोली सम्हालेयता हार नव्यहोरेको थ्री स्टार आज जित हात पार्न सकेको खण्डमा शीर्ष स्थानमा उक्लनेछ| अञ्जन केसीले व्यक्तिगत कारण देखाउँदै टोली छाडेपछि तामाङले जिम्मेवारी सम्हीलेका हुन्| टोलीले उपाधि जितेर स्वर्गिय ललितकृष्ण श्रेष्ठलाई समर्पित गर्न चाहन्छ|
मनाङ विरुद्धको खेलमा जारी लिगमा पहिलो रोजाइमा परेका मिडफिल्डर बालकृष्ण श्रेष्ठको कुका गर्दी प्रशिक्षक मेघराजले आर्मीको टोलीमा आन्तरिक छनोट एकदमै कठिन रहेको बताएका थिए|नवयुग श्रेष्ठ ६ गोलसहित टोलीको उच्च गोलकर्ता हुन् भने जितेन्द्र कार्की डिफेन्समा राम्रो प्रदर्शन गर्दै छन्|
आठ गोल गर्दै लिगकै दोश्रो उच्च गोलकर्ता रहेका सन्तोष साहुखल ११ गोल गरेका कर्ण लिम्बुलाई पछ्याउँदै छन्| सुदुरसंगको खेलमा चोटका कारण मैदान छाडेका अफिज पहिलो रोजाईमा पर्ने-नपर्ने पक्का छैन| यस अवस्थामा गोल गर्ने भार सन्तोषमीथि थपिएको छ|
थ्रि स्टार यो खेल जितेको खण्डमा शीर्ष स्थानमा जानेछ भने, आर्मी तिन अंक हासील गर्न सके दोश्रो स्थानमा उक्लनेछ|
खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिनको ३ बजे खेलिनेछ
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]