5 months ago
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मिना देउवा र पूर्णिमा राईको ह्याट्रिकमा नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा निरिह भुटानलाई ८-० गोल अन्तरले हराएको छ।
नेपालको यो चौथो जित हो। ५ खेलमा नेपालले १२ अंक बनाएको छ। उपाधिको लागि अब बंगलादेश विरूद्धको खेल निर्णायक हुनेछ।
बंगलादेशमा भएको खेलमा पूर्णिमा र मिनाले ह्याट्रिकको सफलता प्राप्त गरे। समिक्षा मगर र कुसुम खतिवडाले एक-एक गोल गरे।
नेपालले खेल सुरु भएको ४४ औं सेकेन्डमा नै अग्रता बनायो। सरिता कुमारी नाथको क्रसलाई भुटानकी डिफेन्डरले ब्लक गरेपनि मिनाले बललाई सही दिशा दिइन्। नवौं मिनेटमा नेपालले अग्रता दुगुना गर्यो।
समिक्षाले हानेको लामो प्रहार क्रसमबारमा लागेर आएको बल भुटानकी गोल किपरलाई लाग्दै गोलमा परिणत भयो।
१२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो। शुक्रिया मियाले हानेको प्रहारलाई भुटानकी गोल किपरले रोकेपनि रिबाउन्डमा ६ यार्ड बक्स भित्रबाट मिनाले हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो।
गोलको वर्षा भएको खेलको २३ औं मिनेटमा मिनाको पासमा पूर्णिमाले क्लोज रेन्जबाट गोल गरिन्। नेपालले ४-० को अग्रता बनायो।
इन्ज्युरी समयको पहिलो मिनेटमा सरिताको फ्रि-किकमा गोल किपरले मिस जज गर्दा पूर्णिमाको हेडर गोलमा परिणत भयो।
पहिलो हाफ कै इन्ज्युरी समयको अन्तिम मिनेटमा डिफेन्डरलाई छलाउँदै पूर्णिमाले उत्कृष्ट गोल गरिन्। यो सँगै उनले ह्याट्रिक पुरा गरिन्। पहिलो हाफमा नेपालले ६-० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा दुई मिनेटभित्र नेपालले दुई गोल गर्यो। ६३ औं मिनेटमा शुक्रियाको पासमा कुसुमले गोल गरिन्। लगतै ६४ औं मिनेटमा शुक्रियाको पासमा मिनाले व्यक्तिगत तेस्रो गोल गरिन्। नेपाल ८-० को फराकिलो अन्तरको जित निकाल्न सफल रहयो।
नेपालले सोमवार बंगलादेशसँग खेल्नेछ। त्यो खेलले उपाधिकि निर्णय हुनेछ। नेपालले श्रीलंका र भुटान दुबैलाई दुई पटक हराएको छ ।
भुटानलाई नेपालले पहिलो खेलमा ६-१ ले माथ दिएको थियो। आयोजक बंगलादेशसँगको खेलम ३-२ गुमाएको नेपालले श्रीलंकालाई दुबै खेल समान ७-० ले हराएको थियो।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]