5 months ago
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मिना देउवा र पूर्णिमा राईको ह्याट्रिकमा नेपालले साफ यु-२० महिला च्याम्पियनसिपमा निरिह भुटानलाई ८-० गोल अन्तरले हराएको छ।
नेपालको यो चौथो जित हो। ५ खेलमा नेपालले १२ अंक बनाएको छ। उपाधिको लागि अब बंगलादेश विरूद्धको खेल निर्णायक हुनेछ।
बंगलादेशमा भएको खेलमा पूर्णिमा र मिनाले ह्याट्रिकको सफलता प्राप्त गरे। समिक्षा मगर र कुसुम खतिवडाले एक-एक गोल गरे।
नेपालले खेल सुरु भएको ४४ औं सेकेन्डमा नै अग्रता बनायो। सरिता कुमारी नाथको क्रसलाई भुटानकी डिफेन्डरले ब्लक गरेपनि मिनाले बललाई सही दिशा दिइन्। नवौं मिनेटमा नेपालले अग्रता दुगुना गर्यो।
समिक्षाले हानेको लामो प्रहार क्रसमबारमा लागेर आएको बल भुटानकी गोल किपरलाई लाग्दै गोलमा परिणत भयो।
१२ औं मिनेटमा नेपालले तेस्रो गोल गर्यो। शुक्रिया मियाले हानेको प्रहारलाई भुटानकी गोल किपरले रोकेपनि रिबाउन्डमा ६ यार्ड बक्स भित्रबाट मिनाले हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो।
गोलको वर्षा भएको खेलको २३ औं मिनेटमा मिनाको पासमा पूर्णिमाले क्लोज रेन्जबाट गोल गरिन्। नेपालले ४-० को अग्रता बनायो।
इन्ज्युरी समयको पहिलो मिनेटमा सरिताको फ्रि-किकमा गोल किपरले मिस जज गर्दा पूर्णिमाको हेडर गोलमा परिणत भयो।
पहिलो हाफ कै इन्ज्युरी समयको अन्तिम मिनेटमा डिफेन्डरलाई छलाउँदै पूर्णिमाले उत्कृष्ट गोल गरिन्। यो सँगै उनले ह्याट्रिक पुरा गरिन्। पहिलो हाफमा नेपालले ६-० को अग्रता बनाएको थियो।
दोस्रो हाफमा दुई मिनेटभित्र नेपालले दुई गोल गर्यो। ६३ औं मिनेटमा शुक्रियाको पासमा कुसुमले गोल गरिन्। लगतै ६४ औं मिनेटमा शुक्रियाको पासमा मिनाले व्यक्तिगत तेस्रो गोल गरिन्। नेपाल ८-० को फराकिलो अन्तरको जित निकाल्न सफल रहयो।
नेपालले सोमवार बंगलादेशसँग खेल्नेछ। त्यो खेलले उपाधिकि निर्णय हुनेछ। नेपालले श्रीलंका र भुटान दुबैलाई दुई पटक हराएको छ ।
भुटानलाई नेपालले पहिलो खेलमा ६-१ ले माथ दिएको थियो। आयोजक बंगलादेशसँगको खेलम ३-२ गुमाएको नेपालले श्रीलंकालाई दुबै खेल समान ७-० ले हराएको थियो।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]