5 months ago
July 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बेल्जियन प्याट्रिक डे वाइल्डले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्।
उज्वेकिस्तानमा एसियन कप छनोट खेल्न गएपछि विकास भएको घटना क्रमले डे वाइल्ड नेपाल फर्कने सम्भावना कम रहेको आंकलन गरिएको थियो। मुख्यतः कप्तान छनोटका विषयमा डे वाइल्ड र व्यवस्थापनबीच चर्को विवाद भएपछि राष्ट्रिय टोलीको अव्यवस्था छताछुल्ल भएको थियो।
उज्वेकिस्तानबाट झन्डै दुई साता अघि टोली स्वदेश फर्किएको थियो भने डे वाइल्ड स्वदेश फर्केका थिए। असार २५ गते टोलीका हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मालेकु, व्यवस्था विन्द्रा देवान,सहायक प्रशिक्षक राजेन्द्र तामाङलगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै उज्वेकिस्तान विकसित घटनाक्रमको जिम्मेवार डे वाइल्ड रहेको आरोप लगाएका थिए।
त्यसको केहि दिनपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले उज्वेकिस्तानमा भएको घटनालगायतका विषयमा स्पष्टीकरण सोधेको थियो। उनलाई पत्रमा पुनः नेपाल फर्केर टोलीमा आबद्ध हुने नहुने जवाफ एक साता भित्र दिन पनि भनिएको थियो। उनले एक साता नपुग्दै एन्फालाई राजीनामा पठाएको स्रोतले जानकारी दियो।
कान्तिपुर र द काठमाडौं पोष्टलाई दिएको अन्तर्वार्तामा डे वाइल्डले एन्फाको कमजोर व्यवस्थापन, खेलाडीमाथिको दबाबलगातका विषयमा बोलेपछि एन्फा नेतृत्व उनीसँग आक्रोशित रहँदै आएको थियो।

उनले उज्वेकिस्तानसँगको पेनाल्टी सुटआउटमा केही खेलाडी पेनाल्टी हान्न तयार नहुनु दबाबकै कारण भएको समेत बताएका थिए। उनले त्यति बेला आफू फर्केमा खेलाडीका लागि मात्र फर्कने समेत बताएका थिए।
एसियन कप छनोटमा लाओस विरुद्धको खेलमा सावित्रा भण्डारी ‘साम्बा’लाई कप्तान बनाउने विषयमा डे वाइल्ड र व्यवस्थापनबीच विवाद भएको थियो।
डे वाइल्डले कप्तानको विषयमा ९० मिनेटअघि पनि जानकारी नदिएपछि आफूहरुले सिनियर खेलाडीका रुपमा प्लेइङमा रहेकी रेनुका नगरकोटेको नाममा कप्तान लेखि एन्फालाई पठाएको हेड अफ डेलिगेट्स श्रेष्ठले पत्रकार सम्मेलनमा बताएकी थिइन् ।
एक वर्षका लागि एन्फासँग सम्झौता गरेका डे वाइल्डले एक महिना नै राजीनामा गरेका छन् । उनको प्रशिक्षणमा नेपाल ३ खेलमा अपराजित रह्यो। जसमा २ जित र १ बराबरी रह्यो। लाओस र श्रीलंकालाई हराएको नेपालले उज्वेकिस्तानसँग ३-३ को बराबरी खेलको थियो।
एसियन कपको फाइनल चरणका लागि जित्नै पर्ने खेलको पेनाल्टी सुट आउटमा नेपाल पराजित भएको थियो। डे वाइल्डले नेपाली महिला टोलीलाई प्रशिक्षण दिने पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]