default_image

9 years ago

March 7, 2017

प्रिमियर लिगमा चेल्सी पुनः१० अंकले अगाडि

157 views

0 Bookmark

लन्डन (एजेन्सी)– प्रिमियर लिगको शीर्ष टोली चेल्सीले अंकतालिकामा पुनः १० अंकको अग्रता लिएको छ । गएर ाती लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई २–१ ले हराएपछि चेल्सीले अग्रतालाई पुनः फराकिलो बनाएको हो ।

hazzard
खेलको सुरुआतमा चेल्सीले लय समात्न सकेको थिएन । तर, इडन हाजार्डले काउन्टर एट्याकमा २५ औं मिनेटमा गोल गरेपछि चेल्सीले खेलमा पकड बनाएको थियो । डिएगो कोस्टाले दोस्रो हाफको सुरुआत गोल गरेपछि चेल्सी खेलमा थप मजबुद बनेको थियो । सेस फाब्रिगासको कर्नरमा कोस्टाले गोल गरेका थिए । कोस्टाले गोलअन्तर बढाउने अर्को मौका पनि पाएका थिए । तर डारिन रन्डोल्फले सफल हुन दिएनन् ।

मानुयल लानजिनीले इन्जुरी टाइममा गोल गर्दै वेस्ट ह्यामलाई खेलमा फर्काउन प्रयास गरेपछि नतिजा उल्टाउन ढिला भइसकेको थियो । यो जितसँगै चेल्सीले अपराजित यात्राको संख्या ७ पुगेको छ । २७ खेलपछि चेल्सीको ६६ अंक पुगेको छ भने दोस्रो स्थानको टोटेनह्यामको ५६ अंक छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.