9 years ago
March 8, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोना यसपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्न सक्ला भन्ने कौतुहलताको विषय रहेको छ । पिएसजी विरुद्ध च्याम्पियन्स लिगअन्तर्गत १६ को पहिलो लेग ४–० ले गुमाएको बार्सिलोनालाई अघिल्लो चरणको यात्रा कठिन छ ।

तर, टोलीका प्रशिक्षक लुइस एन्रिकेलाई आफ्नो टोली प्रति पुरा विश्वास रहेको बताउँछन् । उनले भने,‘ हामी नतिजा उल्टाउँदै प्रतियोगितामा अघि बढ्नेछौं । ४–० को नतिजा उल्टाउन नसके बार्सिलोनले सन् २००७ यता पहिलो पटक अन्तिम १६ बाट बाहिरिने छ ।
‘फुटबलमा जे पनि हुन्छ र हाम्रा खेलाडीमा जितका लागि चाहिने सबै चिज छ । उनी ४ गोल गर्न सक्छन भने हामी ६ फर्काउन सक्छौ ,’ एन्रिकेले भने,‘ हामि खेल जित्नेछौ भन्ने कुरामा विश्वस्त छौ । हामी खेलको कुनै समय पुनरागमनको नाजिक पुग्नेछौ , उनले थपे ।
त्यस्तै बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले आफ्नो टोलीले धैर्यताका साथ खेल्नु पर्ने बताएका छन् । ‘हामी असम्भव मिसनलाइ सम्भव पार्न प्रयास गर्नेछौ । त्इसका लागि हामीले धर्यतापूर्वक खेल्नुपर्ने हून्छ,’ उनले भने, ‘ यो ५ मिनेटमा नतिजा आउने खेल होइन । हामीले पहिले गोल खाए खेल हाम्रो हातबाट जानसक्छ ।’
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]