default_image

9 years ago

March 9, 2017

बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

171 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – अन्तिम ८ मिनेटमा ३ गोल गरेपछि पहिलो लेगमा ४–० ले पछि परेको स्थितिलाई उल्टाउँदै बार्सिलोनो च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । घरेलु मैदान क्याम्प नोउमा गए राती पेरिस सेन्ट जर्मेन( पिएसजी) लाई ६–१ ले हर्रापछि बार्सिलोना समग्रमा ६–५ को अग्रतासहित अन्तिम आठमा पुगेको हो ।

sergi-roberto-barcelona-psg

खेलको अन्तिम ८ मिनेटमा टोलीले ३ गोल गरेपछि बार्सिलोनाले अप्रत्याशित नतिजा निकालेको थियो । ८८औं मिनेटमा नेयमारले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा मार्किन्होसले बक्सभित्र लुइस स्वारेजलाई फाउ हानेपछि प्राप्त पेनाल्टीलाई स्वारेजले गोलमा परिणत गरे ।

खेलको अन्तिम २ मिनेट बार्साको गोलरक्षक टेर स्टेगन पनि आक्रमणमा पुगेका थिए। वैकल्पिक खेलाडी सर्जी रोबर्टोले नेयमारको उत्कृष्ट पासलाई इन्जुरी समयको पाँचौं मिनेटमा गोल गरेपछि बार्सिलोनाले अघिल्लो चरण यात्रा निश्चित भएको थियो ।

त्यसअघि खेलको तेश्रो मिनेटमा लुइस स्वारेजको गोलबाट अग्रता लिएको बार्साका लागि ४०औं मिनेटमा पिएसजीका डिफेन्डर लेभिन कुर्जावाले आत्मघाती गोल गरेका थिए । दोश्रो हाफको सुरुवातमा लियोनल मेस्सीले गोल गर्दै बार्सालाई ३–० ले अघि बढाए।तर, एडिन्सन कभानीले ६२औं मिनेटमा गोल गरेपछि पिएसजी समग्रमा ५–३ ले अघि रहेको थियो ।

खेलको अन्त्य तिर बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा पनि टुंगिने सम्भावना देखिएको थियो । तर, खेलले अन्त्यतिर खेलले नाटकिय मोड लियो र बार्सिलोनाले अघिल्लो चरणको यात्रा तय गर्यो ।

अर्को खेलमा बेनफिकालाई ४–० ले हराएपछि समग्रमा ४–१ को अग्रतासहित जर्मन क्लब बोरुसिया डर्टमन्ड पनि च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.