default_image

9 years ago

March 10, 2017

युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको बराबरी

141 views

0 Bookmark

रोस्टोभ (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले अग्रता जोगाउन नसक्दा युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा गए राती रसियन क्लब एफसी रोस्टोभसँग १–१ को बराबरीमा चित्त बुझाउनु परेको छ ।

united

ज्लाटन इब्राहिमोभिकको पासमा हेरिक मिखीतार्यानले ३५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, ५३ औं मिनेटमा कलचेवको पासलाई छातीले नियन्त्रणमा लिदै एलेकजेन्द्रो बुखरोवले गोल गरे घरेलु टोलीले खेललाई बराबरीमा पुर्याएको थियो । च्याम्पियन्स लिगको समूह चरणमा एट्लेटिको मड्रिड र बायर्न म्युनिख भन्दा पछाडि तेस्रो स्थानमा रहदै रोस्तोभ युरोपा लिगमा पुगेको थियो ।

त्यस्तै युरोपा लिग अन्तर्गत अन्तिम १६को अन्य खेलहरुमा एन्डरलेले निकोसियाको घरेलु मैदानमा १–० , कोबेन्हानले आजक्सलाई २–१ ,सेल्टाा भिगोले क्रस्नोडरलाई २–१ , जेन्कले जेन्तलाई उसको घरेलु मैदानमा ५–२ र लियोनले रोमालाई ४–२ ले हरायो । ओलाम्पियाकोस र बेसिक्टास तथा साल्के र बोरुसिया मोन्चेनग्लाबाकले समान १–१ को बराबरी खेले ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.