default_image

9 years ago

March 10, 2017

च्याम्पियन्स लिगको हारपछि पिएसजीका खेलाडीमाथि समर्थकको आक्रोश

179 views

0 Bookmark

पेरिस (एजेन्सी)– युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा बुधबार ६–१ को हारसँगै प्रतियोयिगताबाट बाहिरिएपछि स्वदेश फर्कने क्रममा पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलाडीले पेरिस विमानस्थलमा समर्थकको आक्रोशको सामना गर्नु परेको छ ।

psg

पहिलो लेगमा ४–० को अग्रता लिएपछि दोस्रो लेगमा फराकिलो हारपछि समग्रमा ६–५ मा पछि पर्दै पिएसजी प्रतियोगितबाट बाहिरिएको थियो । फ्रान्सको राजधानी स्थित बोर्गेट विमानस्थलमा खेलाडीलाई समर्थकले गाली गलोज गरेका थिए ।

समर्थकले खेलाडीलाई मात्र होइन उनीहरुको परिवारलाई पनि गाली गरेका थिए । समर्थक त्यतिमा रोकिएनन् उनीहरुले खेलाडी चढ्ने गाडी समेत तोडफोड गरेपछि विमानस्थल केही समय तनावपूर्ण बनेको थियो ।

कडा सुरक्षा घेरामा खेलाडीलाई विमानस्थल बाहिर निकालिएको थियो । घटना प्रति दुःख व्यक्त गर्दै पिएसजीले प्रेस विज्ञप्ती जारी गरि प्रहरी अनुसन्धान जारी रहेको र दोषीलाई कारबाही हुने उल्लेख गरेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.