4 days ago
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघिको निर्णय भन्दा पछि मात्र राष्ट्रिय लिग आयोजना हुने भएको छ।
एन्फा कार्यसमितिको आज बसेको आपतकालीन बैठकले राष्ट्रिय लिग पुस २५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। यसअघि पुस ९ गते गर्ने निर्णय भएको थियो।
राष्ट्रिय लिग सकिएको एक महिनापछि ९ सय ४ दिनदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग हुने बैठकले निर्णय गरेको हो।
राष्ट्रिय लिगलाई प्रि-सिजनको रूपमा हेरिने भन्दै एन्फाले राष्ट्रिय लिगमा सहभागी हुने टिम सङ्ख्या पनि बढाएको छ। बढीमा १८ टोलीले राष्ट्रिय लिग खेल्न पाउनेछन्।
यसअघि ‘ए’ डिभिजन लिगका शीर्ष ६ र प्रेसिडेन्ट लिगका ४ गरी १० टोली सहभागिता रहने भनिएको थियो। अब ती बाहेक इच्छुक ए डिभिजन क्लबका टोलीले राष्ट्रिय लिग खेल्न पाउने एन्फाले निर्णय गरेको छ।
लामो विवाद तथा युवा तथा खेलकुद मन्त्रालयको चासो अनि खेलाडीहरू सडक संघर्षमा उत्रिएपछि पटक पटकको वार्ता पछि ‘ए’ डिभिजनको मिति नै तय नभएपनि आयोजना हुने निर्णय भएको हो। यस अघि २०८३ को पुसमा मात्रै ए डिभिजन लिग गर्ने निर्णय गरेको थियो।
आपतकालीन बैठकले साफ महिला यु-१९ प्रतियोगिता यहि फागुन महिनामा पोखरामा आयोजना गर्ने निर्णय पनि गरेको छ। महिला फ्रेन्चाईज प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरिएको छ। यस्तै राष्ट्रिय महिला नकआउट प्रतियोगिता उदयपुर जिल्लामा संचालन गर्ने भनिएको छ।
बैठकले थाइल्याण्डमा आगामी जनवरीमा हुने साफ महिला तथा पुरुष फुटसल प्रतियोगिताका लागि बजेट अनुमोदन गर्ने निर्णय पनि गरेको छ।
यसैगरी फिफा फर्वाड कार्यक्रम अन्तर्गत धुलिखेल, धनगढीमा नयाँ कृत्रिम घाँसे मैदान निर्माण गर्न र एन्फा कम्प्लेक्स सातदोबाटोको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न ‘इडेल ग्रास’ फिफालाई प्रस्ताव गर्ने तथा एएफसी इक्वेल पिच कार्यक्रम अन्तर्गत दशरथ रंगशालामा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव पेश गर्ने निर्णय पनि भएको एन्फाको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकले विभिन्न १२ निर्णय गरेको छ।


December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]