default_image

1 week ago

December 1, 2025

राष्ट्रिय लिगपछि ‘ए’ डिभिजन लिग हुने

966 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघिको निर्णय भन्दा पछि मात्र राष्ट्रिय लिग आयोजना हुने भएको छ।

एन्फा कार्यसमितिको आज बसेको आपतकालीन बैठकले राष्ट्रिय लिग पुस २५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ। यसअघि पुस ९ गते गर्ने निर्णय भएको थियो।

राष्ट्रिय लिग सकिएको एक महिनापछि ९ सय ४ दिनदेखि हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग हुने बैठकले निर्णय गरेको हो।

राष्ट्रिय लिगलाई प्रि-सिजनको रूपमा हेरिने भन्दै एन्फाले राष्ट्रिय लिगमा सहभागी हुने टिम सङ्ख्या पनि बढाएको छ। बढीमा १८ टोलीले राष्ट्रिय लिग खेल्न पाउनेछन्।

यसअघि ‘ए’ डिभिजन लिगका शीर्ष ६ र प्रेसिडेन्ट लिगका ४ गरी १० टोली सहभागिता रहने भनिएको थियो। अब ती बाहेक इच्छुक ए डिभिजन क्लबका टोलीले राष्ट्रिय लिग खेल्न पाउने एन्फाले निर्णय गरेको छ।

लामो विवाद तथा युवा तथा खेलकुद मन्त्रालयको चासो अनि खेलाडीहरू सडक संघर्षमा उत्रिएपछि पटक पटकको वार्ता पछि ‘ए’ डिभिजनको मिति नै तय नभएपनि आयोजना हुने निर्णय भएको हो। यस अघि २०८३ को पुसमा मात्रै ए डिभिजन लिग गर्ने निर्णय गरेको थियो।

आपतकालीन बैठकले साफ महिला यु-१९ प्रतियोगिता यहि फागुन महिनामा पोखरामा आयोजना गर्ने निर्णय पनि गरेको छ। महिला फ्रेन्चाईज प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरिएको छ।‌ यस्तै राष्ट्रिय महिला नकआउट प्रतियोगिता उदयपुर जिल्लामा संचालन गर्ने भनिएको छ।‌

बैठकले थाइल्याण्डमा आगामी जनवरीमा हुने साफ महिला तथा पुरुष फुटसल प्रतियोगिताका लागि बजेट अनुमोदन गर्ने निर्णय पनि गरेको छ।‌

यसैगरी फिफा फर्वाड कार्यक्रम अन्तर्गत धुलिखेल, धनगढीमा नयाँ कृत्रिम घाँसे मैदान निर्माण गर्न र एन्फा कम्प्लेक्स सातदोबाटोको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न ‘इडेल ग्रास’ फिफालाई प्रस्ताव गर्ने तथा एएफसी इक्वेल पिच कार्यक्रम अन्तर्गत दशरथ रंगशालामा हाइब्रिड घाँसे मैदान राख्न प्रस्ताव पेश गर्ने निर्णय पनि भएको एन्फाको प्रेस विज्ञप्तिमा उल्लेख छ। बैठकले विभिन्न १२ निर्णय गरेको छ।‌

December 11, 2025

एपिएफको महिला टोलीलाई एसियन पेन्ट्सको १ लाख प्रोत्साहन

काठमाडौं (हाम्रो खेलकुद)- एसियन पेन्ट्स नेपालले साफ महिला क्लब च्याम्पियनसिप खेलिरहेको एपिएफ महिला टोलीलाई प्रोत्साहन‌स्व १ लाख रुपैयाँ प्रदान गरेको छ। एपिएफ अहिले दशरथ रंगशालामा जारी महिला क्लब साफ च्याम्पियनसिपमा सहभागी छ। पहिलो खेल जितेको थियो। एपिएफले हरेक खेलको जितमा २५ हजार रुपैयाँ थप दिने एसियन पेन्ट्सले जनाएको छ। पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालसहित […]

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

Success

Thank you for your time.