2 weeks ago
December 3, 2025
एजेन्सी – बार्सिलोनाले ला लिगामा मंगलवार एट्लेटिको म्याड्रिडलाई ३-१ ले हराएको छ। एट्लेटिको अप्रिलदेखि लिगमा अपराजित रहँदै आएको थियो।
राफिन्हा, दानी ओल्मो र फेरान टोरेसको गोलमा विजयी बार्सिलोना शीर्ष स्थानमा थप मजबुत भएको छ।
यो जितपछि बार्सिलोनाको ३७ अंक पुगेको छ। दोस्रो स्थानको रियल माड्रिड ४ अंक पछाडि छ। रियल बुधबार एथलेटिक बिलबाओको मैदानमा उत्रनेछ। ७ खेलमा लगातार जितिरहेको एट्लेटिको भने ३१ अंकसहित चौथो स्थानमै रह्यो।
एट्लेटिकोले १९औँ मिनेटमा एलेक्स बाएनाको काउन्टर आक्रमणबाट गोल गर्दै अग्रता लिएको थियो। तर त्यसको ७ मिनेटपछि राफिन्हाले पेड्रीको उत्कृष्ट थ्रु पासलाई नजिकको दूरीबाट बराबरी गोल गरे।
६५औँ मिनेटमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई २-१ ले अगाडि बढाए । इन्जुरी समयको सातौं मिनेटमा टोरेसले काउन्टर आक्रमणबाट अर्को गोल गर्दै जित पक्का गरे।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]