default_image

2 days ago

December 3, 2025

बार्सिलोनासँग एट्लेटिकोको हार

686 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले ला लिगामा मंगलवार एट्लेटिको म्याड्रिडलाई ३-१ ले हराएको छ। एट्लेटिको अप्रिलदेखि लिगमा अपराजित रहँदै आएको थियो।

राफिन्हा, दानी ओल्मो र फेरान टोरेसको गोलमा विजयी बार्सिलोना शीर्ष स्थानमा थप मजबुत भएको छ।

यो जितपछि बार्सिलोनाको ३७ अंक पुगेको छ। दोस्रो स्थानको रियल माड्रिड ४ अंक पछाडि छ। रियल बुधबार एथलेटिक बिलबाओको मैदानमा उत्रनेछ। ७ खेलमा लगातार जितिरहेको एट्लेटिको भने ३१ अंकसहित चौथो स्थानमै रह्यो।

एट्लेटिकोले १९औँ मिनेटमा एलेक्स बाएनाको काउन्टर आक्रमणबाट गोल गर्दै अग्रता लिएको थियो। तर त्यसको ७ मिनेटपछि राफिन्हाले पेड्रीको उत्कृष्ट थ्रु पासलाई नजिकको दूरीबाट बराबरी गोल गरे।

६५औँ मिनेटमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई २-१ ले अगाडि बढाए । इन्जुरी समयको सातौं मिनेटमा टोरेसले काउन्टर आक्रमणबाट अर्को गोल गर्दै जित पक्का गरे।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.