2 days ago
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा यसै साता सुरु हुने साफ महिला क्लब च्याम्पियनसिपको टिकट खल्तीले विक्री गर्ने भएको छ ।
प्रतियोगिता मंसिर १९ गतेदेखि हुनेछ । दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोर्ट्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको खेलहरू सिंगल राउण्ड रोविनका आधारमा हुनेछ ।
च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमरिकी डलर प्राप्त गर्नेछन् । सहभागी टिमलाई प्रशिक्षणको लागि च्यासलस्थित च्यासल रंगशाला र भद्रकालीस्थित नेपाली सेनाको खेल मैदानमा व्यवस्था गरिएको छ ।
प्रतियोगिताको लागि एन्फाले दुई खालको टिकटदर कायम गरेको छ । साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य राखिएको छ । टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ ।
प्रतियोगिताको लागि अनुमानित बजेट ३ करोड ७७ लाख ७७ हजार ९० रुपैयाँ रहेको छ ।
प्रतियोगिताको पहिलो खेल डिसेम्बर ५ मा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट लेडिज एफसबीच हुनेछ । साँझ घरेलु टोली एपीएफ क्लबले नसरिन स्पोर्ट्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]