default_image

2 days ago

December 3, 2025

आइजिपी रनिङ ट्रफी फुटबल सुरु

375 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८२ आज सुरु भएको छ।

नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकले‌ आयोजना गरेको प्रतियोगिताको पहिलो दिनको पहिलो खेल बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालय विजयी भएको छ।

आयोजक नेपाल पुलिस स्कुल साँगा (रातो) र पिस प्वाइन्ट स्कुल बानेश्वर बीच आज भएको उद्‍घाटन खेल गोलरहित बराबरीमा सकिएको थियो। पिस प्वाइन्टका कोन्जाक‌ लामा खेलको प्लेयर अफ दि म्याच घोषित भएका थिए।

भक्तपुरको‌ सैनिक महाविद्यालयले नेपाल एपिएफ स्कुल कीर्तिपुरलाई २-० ले हराएको थियो। इशान तामाङ र निरज अधिकारीको गोलमा सैनिक महाविद्यालय विजयी भएको थियो। विजयी टोलीका निशान प्लेयर अफ दि म्याच घोषित भएका थिए।

प्रतियोगितामा आयोजकका रातो र निलो , नेपाल पुलिस स्कुल धरान, चितवन र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १४ विद्यालयका १५ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेता टोलिले उपाधिसहित ६० , दोस्रोले ४० र र तेस्रो टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ। र

त्यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक हिमालय कुमार श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्‍घाटन गरेका थिए ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.