लन्डन (एजेन्सी)– लिंकन सिटी फुटबल क्लबलाई ५–० ले हराउदै आर्सनल एफए कपको सेमिफाइनल पुगेको छ । इङ्लिस फुटबलको न्यासनल लिगमा (पाचौ डिभिजन) खेल्दै आएको लिंकनले आर्सनललाई लामो समय रोकेको थियो ।
तर, थियो वाल्कटले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा ओभिजर जिर्राउडले गोल गरे भने त्यसको पाँच मिनेटपछि लुके वाटरफलको आत्मघाती गोलमा आर्सनलको गोलअन्तर बढेको थियो ।
एलेक्स सान्चेजले ७२ औं मिनेटमा गोल गरे भने आरोन रामसेले ७४ औं मिनेटमा गोल गरेपछि आर्सनलले वेम्ब्लीमा हुने सेमिफाइनल यात्रा पक्का गरेको थियो ।