fbpx
default_image

1 day ago

December 25, 2025

एपिएफको प्रशिक्षकमा फर्किए तामाङ, सन्तोष र अनिश अनुबन्धित

1104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले राष्ट्रिय लिग फुटबलको लागि प्रशिक्षक राजेन्द्र तामाङलाई क्लबमा पुन: अनुबन्ध गरेको छ ।

यसअघि दुई फरक भूमिकामा रहेर एपिएफको पुरुष र महिला फुटबल टोलीको प्रशिक्षण जिम्मेवारी सम्हालेका तामाङ पुन: एकपटक पुरुष टोलीको मुख्य प्रशिक्षक बन्दै विभागीय टोली फर्केका हुन् । एपिएफले तामाङलाई प्रशिक्षकमा ल्याएसँगै मिडफिल्डर सन्तोष खत्री र फरवार्ड अनिश जिसीलाई पनि अनुबन्ध गरेको छ ।

प्रशिक्षक राजेन्द्र तामाङ

तामाङले गत वर्ष एएफसी महिला च्याम्पियन्स लिग छनोटमा एपिएफको टोली सम्हालेका थिए । त्यसअघि २०७६ सालको लिगमा पनि तामाङले एपिएफको पुरुष टिम सम्हालेका थिए । त्यसबेला एपिएफले पाँचौ स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । उनी त्यहाँ २ वर्ष बसेपछि मनाङ मर्स्याङ्दी लागेका थिए ।

मिडफिल्डर सन्तोष खत्री

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परिसकेका मिडफिल्डर खत्री नेपाल सुपर लिगमा ललितपुर सिटीबाट खेल्दै उपाधि जितेका थिए । सोहि टोलीका फरवार्ड अनिश पनि एपिएफ फर्केका छन् । अनिशले यसअघि एपिएफबाट प्रशिक्षण गरिसकेका छन् ।

फरवार्ड अनिश जिसी

एपिएफ ए डिभिजन क्लबको हैसियतमा राष्ट्रिय लिग खेल्न लागेको हो । एन्फाले ए डिभिजनका सबै क्लबलाई राष्ट्रिय लिग खेल्न आवेदन खुला गरेपछि एपिएफले यो अवसर पाएको हो । त्यसो त गत संस्करणको ए डिभिजन लिगमा एपिएफ रेलिगेसनमा परेपनि थ्री स्टारविरुद्ध उजुरी दायर गर्दै एन्फाले थ्री स्टार र जावलाखेलको नतिजा थ्री स्टारको जितबाट उल्टाएपछि एपिएफको अस्तित्व जोगिएको थियो ।

December 25, 2025

अल नासरको सानदार जित

एजेन्सी – एएफसी च्याम्पियन्स लिग समूह डी को खेलमा अल नासरले अल जाव्रालाई ५-१ ले हराएको छ। यो जितसँगै साउदी प्रो लिग टोलीले समूह चरणमा शतप्रतिशत जित दर्ता गर्यो। खेलमा किङ्स्ली कोमानले २ गोल गर्दै चम्किए। अल जाव्राले हारको बाबजुद पनि गोल अन्तरमा एफसी इस्तिक्लोललाई पछि पार्दै नकआउट चरणमा प्रवेश गरेको छ। साउदी अरबको रियादस्थित […]

December 25, 2025

क्यामरुनलाई सफलता

एजेन्सी – अफ्रिका कप अफ नेसन्स (एफकोन) फुटबलमा क्यामरुनले समूह एफको पहिलो खेलमा गाबोनलाई १–० ले हराएको छ। खेलमा क्यामरुनका कार्ल एट्टा इयोङले छैंटौं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। ब्रायन एमबुमोको पासमा इयोङले गोल गरे। अफसाइडको कारण सुरुमा गोल मान्य नभए पनि भिएआर जाँचपछि गोललाई मान्यता दिइयो। क्यामरुन नयाँ प्रशिक्षक डेविड पागुको नेतृत्वमा यो […]

December 24, 2025

माजियालाई महिला लिग उपाधि, रेखा र दीपाको गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीका सदस्य रेखा पौडेल र दीपा शाहीसम्मिलित माजिया माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनले माल्दिभ्सको‌ एफएएम महिला फुटबल लिगको उपाधि जितेको छ। माजियाले मंगलवार भएको फाइनलमा ओडी स्पोर्ट्स क्लबलाई २-० ले हराउँदै उपाधि जितेको छ। यो माजियाको पहिलो महिला लिग उपाधि हो। खेलको दोस्रो हाफमा रेखा र दीपाले गोल गर्दै माजियालाई […]

Success

Thank you for your time.