default_image

9 years ago

March 13, 2017

रियल मड्रिड पुनः ला लिगाको शीर्षस्थानमा

168 views

0 Bookmark

मड्रिड (एजेन्सी) – रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा पुनरागमन गरेको छ । गए राती भएको खेलमा सर्जियो रामोसको निर्णायक गोलमा रियल बेटिसलाई २ – १ ले हराउँदै रियल पुनः अग्रस्थानमा पुगेको हो ।

ronaldo
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जित दिलाउन रामोसका अलवा क्रिष्टियानो रोनाल्डोले गोल गरेका थिए । १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै रियलले जित हासिल गरेको थियो । बेटिसका एन्टोनियो सनाब्रियाले एक गोल फर्काए । बेटिसले १० खेलडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो ।

८१ औं मिनेटमा क्रिस्टियाने पिचिनीले दोहोरो पहेलो कार्ड पाएपछि बेटिस १० खेलाडीमा सिमित भएको थियो । जितपछि रियल बार्सिलोनालाई २ अंकले पछि पार्दै अघि बढेको हो । आइतबार नै बार्सिलोना डिभोर्टिभो लाकुरानासँग २–१ले स्तब्ध भएको थियो । बार्सिलोनाभन्दा एक खेल कम खेलको रियलको २६ खेलबाट ६२ अंक छ । दोस्रो स्थानमा झरेको बार्सिलोनाको ६० अंक छ ।
सान्टियागो बेर्नाबेउमा भएको खेलमा सुरुवाती अग्रता भने रियल बेटिसले लिएको थियो । खेलको २४ औ मिनेटमा एन्टोनियो सनाब्रियाले गोल गर्दै बेटिसलाई अग्रता दिलाए । तर, खेलको ४१ औ मिनेटमा रोनाल्डोले हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको ८१ औ मिनेटमा रामोसले गोल गर्दै रियल मड्रिडलाई २ – १ को महत्वपूर्ण जित दिलाए । ला लिगाका अन्य खेलमा एथलेटिको बिलबाओले रियल सोसिडाडलाई २–० ले, भिल्लारियलले सेल्टा भिगोलाई १–० ले हराएको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.