लन्डन (एजेन्सी)– एन’गोलो कान्टेले १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडविरुद्ध गोल गरेपछि प्रिमियर लिगको शीर्षस्थानमा रहेको चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ । जाजे माउरिन्होलाई यसपटक स्टामफोर्ड ब्रिज फर्कनु सुखद रहेन । जहाँ उनको पूर्व क्लब चेल्सीले युनाइटेडलाई १–० निराश पार्यो र उपाधि रक्षा गर्ने उनको टोलीको सम्भावना टुंगियो ।
सन् २०१५ डिसेम्बरपछि पहिलो पटक स्टामफोर्ड ब्रिज पुगेका थिए । पहिलो हाफमै १० खेलाडीमा सिमित भएको युनाइटेडविरुद्ध कान्टेले दोस्रो हाफमा गोल गरेका थिए । २० औं मिनेटमा पहिलो पहिलो कार्ड पाएका आन्द्रे हेरेराले ३५ औं मिनेटमा अर्को कार्ड पाएर मैदान छोड्नु परेको थियो ।
कप्तान वायन रुनी चोटका कारण र प्रभावशाली स्ट्राइकर ज्लाटान इब्राहिमोभिक प्रतिबन्धका कारण चेल्सीविरुद्धको खेलमा थिएनन् । तर, अनुमान विपतरित मार्कुस रासफोर्डलाई भने माउरिन्होले पहिलो रोजाइमा उतारेका थिए । चेल्सीअघि म्यानचेस्टर सिटी, टोटेनह्याम र आर्सनल एएफ ए कपको अन्तिम चारमा पुगिसकेका छन् ।