9 years ago
March 15, 2017
लेस्टर (एजेन्सी)– कास्पेर सेचमिचेलले पेनाल्टी रोकेपछि बुधबार बिहान सेभियालाई २–० ले हराउँदै इङ्लिस टोली लेस्टर सिटी च्याम्पिन्स लिगको क्वार्टरफाइनल पुगेको छ । क्रेग शाकेस्पियरेको नेतृत्वमा उच्च प्रदर्शनलाई जारी राख्ने क्रममा लेस्टरले १० खेलाडीमा सिमित रहेको सेभियामाथि जित हासिल गरेको हो । पहिलो लेगमा २–१ ले गुमाएको लेस्टरले बुधबारको जितपछि समग्रमा ३–२ को अग्रतासहित अन्तिम आठको यात्रा तय गरेको हो ।

पहिलो लेगमा पनि सेचमिचेलले जाक्विन कोरोयाको पेनाल्टीलाई रोक्दै टोलीको हारमा गोलअन्तरलाई बढ्न दिएनन् । २–१ को हारमा जेमी भार्डेले गरेको अवे गोल महत्वपूर्ण रह्यो । त्यो खेल पूर्व प्रशिक्षक क्लाडियो रानेरीका लागि भने अन्तिम रहेको थियो ।
२७ औं मिनेटमा वेस मोर्गानको गोलबाट प्रिमियर लिगको साविक विजेता समेत रहेको लेस्टरले घरेलु मैदानमा अग्रता लिएको थियो । अवे गोलका कारण अघिल्लो चरणको यात्राका लागि मोर्गानको गोल पर्याप्त नै थियो, त्यसमा पनि मार्क अल्ब्रिग्टोनले ५४ औं मिनेटमा गोल थपेपछि लेस्टरको यात्रा थप सहज बनेको थियो ।
पछिल्ला तीन सिजन युरोपा लिग जिेको सेभियाले अन्तिम १५ मिनेट १० खेलाडीमा सिमत हुँदै खेल्नु परेको यिथो । दोहोरो पहेलोका कार्ड पाएपछि सामिर नासरीले मैदान छोड्नु परेको यिथो । खेल सकिन १० मिनेट बाँकी रहँदा सेचभिचेलले भिटोलोलाई फाउल गरेपछि सेभियाले खेल जोगाउन अवसर पाएको थियो ।
तर, स्टेभेन एनजोन्जीको पेनाल्टीलाई सेचमिचेलले रोकेपछि सेभियाको अघिल्लो चरणको सम्भावना टुंगिएको थियो । शाकेस्पियरेको प्रशिक्षणमा लेस्टरले तीन खेलमा सबै जितेको छ । प्रिमियर लिगमा रेलिगेसन खतराबाट पूर्ण रुपमा मुक्त भइनसकेको लेस्टरलाई सिजनको अन्त्यसम्म शाकेस्पियरले नै सम्हाल्ने यसअघि नै घोषणा भइसकेको छ ।
औपचारिक घोषणा पछि यो उनको पहिलो जित हो । सेभिया पहिलो पटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने अवसरबाट फेरी एक पटक चुकेको छ । शुक्रबार हुने क्वार्टरफाइन ड्रका लागि लेस्टर, रियल मड्रिड, बार्सिलोना, बोरुसिया डर्टमन्ड ,बायर्न म्युनिख र युभेन्ट्ससँगै उभिएको छ ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]