default_image

9 years ago

March 18, 2017

काहिलको निर्णायक गोलमा चेल्सीको जित, एभर्टन र लेस्टर विजयी

149 views

0 Bookmark

लन्डन (एजेन्सी) – खेलको अन्त्यतिर ग्यारी काहिलले निर्णायक गोल गरेपछि स्टोक सिटीलाई २–१ ले हराउँदै प्रिमियर लिगको शीर्ष टोली चेल्सीले शनिबार दोस्रो स्थानको टोलीसँग १३ अंकको दुरी बनाएको छ । १ खेल कम खेलेका दोस्रो स्थानको टोटेनह्याम र म्यानचेस्टर सिटीको समान ५६ अंक छ ।

cahill
खेलेको १३ औं मिनेटमा विलियनको फ्रिकिक गोलबाट चेल्सीले अग्रता बनाएको थियो । तर, पहिलो हाफमै जोनाथन वाल्टर्सले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । काहिलसँग ठोक्किएर आइरिसम्यानलाई पेनाल्टी बक्समा लडेपछि स्टोकले पेनाल्टी पाएको थियो ।

मार्कोेस अलन्सोको प्रहार बारमा लागेर फर्कदा र पेद्रोको प्रहार रोक्दा भ्रमणकारी टोली केही दबाबमा परेको थियो । तर, पहिलो हाफमा गल्ति गरेका काहिलले क्षेतिपूर्ति स्वरुप खेल सकिन ४ मिनेट बाँकी रहँदा निर्णायक गोल गर्दै टोलीको विजय यात्रालाई कायम राख्न सफल भए । फिल ब्राड्सलेले इन्जुरी समयमा रातो कार्ड पाएपछि स्टोकले १० खेलाडीमा सिमित रहँदै खेलेको अन्त्य गर्यो । ३६ अंकसहित स्टोक नवौं स्थानमा छ ।

प्रिमियर लिगका अन्य खेलमा एभर्टन र साविक विजेता लेस्टर सिटी विजयी भएका छन् । हल सिटीलाई ४–० ले हराउँदै एभर्टन अंकतालिकाको छैटौं स्थानका उक्लेको छ । २९ खेलमा एभर्टनको ५० अंक पुगेको छ । ३ खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ९४९० सातौं स्थानमा झरेको छ । लेस्टरले वेस्ट ह्याम युनाइटेडलाई ३–२ ले हरायो । ३० अंकका साथ लेस्टर १५ औं स्थानमा पुगेको छ । अर्को खेलमा सन्डरल्यान्ड र बनर्लीले गोलरहित बराबरी खेले ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.