9 years ago
March 19, 2017
म्यानचेस्टर (एजेन्सी)– आगामी सिजन च्यामपियन्स लिगमा आफ्नो स्थान पक्का प्रयासरत दुई टोली म्यानचेस्टर सिटी र लिभरपुल प्रिमियर लिगमा आज आमने सामाने हुँदैछन् । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले चौथो स्थानमा रहेको लिभरपुललाई घरेलु मैदानमा निम्त्याउँदैछ ।

सिटीको २७ खेलमा १७ जित सहित ५६ अंक छ । दोस्रो स्थानको टोटेनह्यामको पनि ५६ अंक नैछ । सिटी गोल भिन्नताको आधारमा मात्र तल छ । त्यस्तै चौथो स्थानको लिभरपुलले सिटी भन्दा १ खेल बढी खेलेको छ र र टोलीको १ अंक कम छ । सिटीलाई हराउदै लिभरपुल तेस्रो स्थानमा उक्लने प्रयासमा हुनेछ ।
सिटीले लिभरपुलसँगको अघिल्ला ४ भेटमा हारको सामना गरेको छ । अघिल्लो ४ भेटमा १–० , ३–० , ४–१ र २–१ ले पछि परेको सिटीले सन् २०१४ को अगष्ट यता लिभरपुललाई जित्न सकेको छैन । सिटीले यसअघि लिभरपुललाई २०१४ को अगष्टमा घरेलु मैदानमा ३–१ ले हराएको थियो ।
च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा २ गोल को अग्रता हुँदा हुँदै दोस्रो लेगपछि बाहिरिएको सिटीका अधिकांश खेलाडी फिट छन् । उता लिभरपुलका फर्मिनो ग्रोइनको चोटका कारण खेल्ने निश्चित छैन भने ओरिगी पनि बिरामी छन् । लिभरपुलका नियमित कप्तान जोर्डन हेनडरसन र स्टुरिजले चोटका कारण खेल गुमाउने सम्भावना छ भने स्ट्राइकर इंग्स लामो समयदेखि मैदान बाहिर छन् ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]