default_image

9 years ago

March 19, 2017

गोलकिपर किरण भोली स्वदेश फर्कदै, पर्सी आइपुग्ने

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सबाट भोली (सोमबार) स्वदेश फर्कदैछन् । किरण माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । एसियन कप छनोटअन्तगर्त फिलिपिन्ससँग पहिलो लेगका लागि २० सदस्यीय टोलीमा रहेको किरण मंगलबार काठमाडौं आइपुग्नेछन् ।

kiran-welcome-tc-sprts-1

‘म भोली फर्कदैछु,’ किरणले हाम्रो खेलकुदसँग भने,‘काठमाडौं पर्सी आइपुग्नेछु ।’ नेपाल र फिलिपिन्सबीचको पहिलो लेग चैत १५ मा फिलिपिन्समा हुँदैछ । माल्दिभ्स लिगमा आइतबार बेलुकाको लागि टिसी स्पोर्टस र भिक्ट्री स्पोर्टस क्लबको तय भएकाले किरण त्यो खेलेर स्वदेश फर्कने तयारीमा छन् ।

किरणको टोलीले लिगमा अहिले सम्म एउटामात्र खेल खेलेको छ । माल्दिभ्समा लिग सुरु हुँदा टिसी स्पोर्टस भने बंगलादेशमा आयोजना भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा भाग लिइरहेको थियो । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीलाई सेमिफाइनलमा हराएको टिसी स्पोर्टसले शेख कमल अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । पूर्व क्लब मनाङविरुद्ध उच्च प्रदर्शन गरेका किरण त्यो खेलमा म्यान अफ दी म्याच घोषित भएका थिए ।

बंगलादेशबाट फर्केर टिसी स्पोर्टसले लिगको मार्च ११ मा भएको आफ्नो पहिलो खेल जितेको थियो । किरण पुसमा टिसी स्पोर्टस्मा आवद्ध भएका थिए । त्यसअघि मनाङबाट खेलेका किरणले लामो समय रुस्लान थ्री स्टार क्लबमा विताएका थिए । कात्तिक अन्त्यमा एएफसी सोलिडारिटी कप जितेपछि र ग्वामले छनोट खेल्न नपाउने भएपछि नेपालले पुनः एसियन कप छनोट खेल्न पाउने भएको थियो । नेपाल र फिलिपिन्स रहेको समूह ‘एफ’ मा यमन र ताजकिस्तान छन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.