default_image

9 years ago

March 21, 2017

नेपाल कप भेट्रान फुटबलमा ११ टोली

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– स्पोर्ट्स फर अल क्लब, नेपालको आयोजनामा बिहीबार सुरु हुने दोश्रो नेपाल कप भेट्रान फुटबल प्रतियोगितामा ११ टोलीले सहभागिता जनाउने भउका छन् ।

2-7
नकआउटका आधारमा हुने प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सामाखुशी फुटसल टिम, नाइट किङ क्लब, ब्वाइज युनियन क्लब, रुपन्देही ११ भेट्रान क्लब (बुटवल), झम्सिखेल युथ क्लब, मनाङ मस्र्याङदी क्लब, साइनिङ सन फुटबल एकेडेमी (कैलाली), ढोलाहिटी युथ क्लब, ४० प्लस भेट्रान टिम र ब्वाइज स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

सहभागी खेलाडीको उमेर ४० वर्ष पूरा भएको हुनु पर्नेछ । खेल ७० मिनेट खेलाइनेछ । प्रतियोगिता सञ्चालनका लागि दीपक गुरुङको संयोजकत्वमा ११ सदस्यीय मूल आयोजक समिति गठन गरिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष एवं राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक लोकबहादुर शाहीले जानकारी दिए ।

विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । २०७१ सालमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो संस्करण आर्मीले जितेको थियो । गत बर्ष विनाशकारी भूकम्पका कारण प्रतियोगिता आयोजना नगरिएको बताइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान १० हजार रुपैयाँ पाउनेछन् । चैत १९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लगनखेलस्थित बुद्धिविकास मण्डलको मैदानमा हुनेछ । उद्घाटन खेल झम्सिखेल र सामाखुसीबीच हुनेछ ।

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

Success

Thank you for your time.