default_image

9 years ago

March 21, 2017

टुबोर्ग म्याइ भ्याली गोल्ड कपको तयारी पुरा, १० टोलीले भाग लिने

139 views

0 Bookmark

दिपक बोहोरा
इलाम (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने टुबोर्ग माइ भ्याली गोल्ड कप फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकमध्ये जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरज खड्कीले जानकारी दिएका छन् । जिल्ला फुटबल संघ इलाम र माइ भ्याली फुटबल क्लब इलामको संयुक्त आयोजनामा माइ भ्याली गोल्डकप चैत १७ गतेबाट सुरु हुनेछ ।

mai-valley

प्रतियोगिता १० दिनसम्म इलामको ठुलो टुडिखेलमा सञ्चालन हुनेछ । आयोजना हुने जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरज खङकिले जानकारी दिनुभयो । विजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने माइ भ्याली गोल्डकपमा ए डिभिजन क्लबहरु लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफ, सिएमजी क्लब संकटाको सहभागिता रहनेछ ।

त्यस्तै अग्नी रुपन्देही ११ , झापा ११ र भारतको ग्लोबल फुटबल क्लब आसाम , दुर्गापुर स्टिल टि.एस.वाई कोलकत्ता र आयोजक माइ भ्यालीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पप्त गनैछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले यमाहाको १ सय ५० सिसीको मोटरसाइकल पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ दी म्याचले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पाउनेछन् । झन्डै ६० लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा दर्शकका लागि अस्थाई प्यारापिटको समेत निर्माण गरिएको छ । चैत १७ को उद्घाटन खेलमा आयोजक म्याइभ्याली र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

Success

Thank you for your time.