default_image

9 years ago

March 21, 2017

फर्साटिकर सैनामैना गोल्ड कपको अन्तिम चारमा

99 views

0 Bookmark

दिपक न्यौपाने
बुटवल – फर्साटिकर युवा क्लब सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कपिलबस्तु जिल्ला फुटबल संघलाई मंगलबार टाइब्रेकरमा ४–३ ले हराउँदै फर्साटिकर प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

sm

फर्साटिकरले ३० मिनेटमा गौरव बुढाथोकीको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा अघिल्लो चरण प्रवेशका लागि टाइब्रेकर सम्म कुर्नु परेको थियो । केशव नेपालले ७३ औं मिनेटमा बराबरी गोल गर्दै कपिलबस्तुलाई खेलमा फर्काएका थिए । तर टोली पेनाल्टी सुट आउटमा भने असफल रह्यो ।

जनप्रिय स्पोर्टस क्लब देवापारको आयोजनामा रुपन्देहीको सैनामैना वडा नं ७ मा सञ्चालित प्रतियोगितामा बुधबार युनाइटेड कपिलबस्तु र सुनौलो शान्ति क्लब रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।

सैनामैना नगरपालीकाको संरक्षणमा सन्चालित प्रतियोगिताको विजेताले १ लाख १७ हजार तथा दोस्रो हुने टोलीले ५८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा‌ एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको‌ नतिजाले अंक तालिकामा केही फरक‌ परेन ‌। आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]

December 17, 2025

फाइनलअघि एपिएफ र इस्ट बंगाल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]

Success

Thank you for your time.