default_image

9 years ago

April 2, 2017

स्पेनिस लिगमा रियल थप मजबुद बन्दै

153 views

0 Bookmark

मड्रिड (एजेन्सी)– रियल मड्रिडले स्पेनिस ला लिगामा आफ्नो शीर्षस्तालाई थप मजबुद बनाउँदै लगेको छ । रियल आइतबार घरेलु मैदानमा अलभेसलाई ३–० ले हराउँदै १० चरणको खेल बाँकी रहँदा बार्सिलोनालाई ५ अंकले पछाडि पारेको छ । रियललाइ आजको खेलमा जित दिलाउन करिम बेन्जेमा , इस्को र नाचो फर्नान्डेजले गोल गरे ।

benzema

घरेलु मैदानमा सुरुबाट खेल नियन्त्रणमा राखेको रियलले ३१ औ मिनेटमा बेन्जिमा गोलबाट अग्रता लिएको थियो । इस्कोको पासमा बेन्जेमाले गोल गरेका थिए ।

५९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले टोलीका दोस्रो गोल गरेपनि रेफ्रीले उनको गोल अफसाइड लिएका थिए । इस्कोले ८५ औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर पारे । खेलको ८८ औैं मिनेटमा बेलको फ्रिकिक पोस्टमा लागेर फर्किएपछि पाएको बल फर्नान्डेजले उपयोग गर्दै रियलका लागि तेस्रो गोल गरे ।

२८ खेलमा रियलको ६८ अंक पुगेको छ । त्यत्तिनै खेलमा बार्सिलोनाको ६३ अंक छ । बार्सिलोनाले आज ग्रानाडाको सामना गर्दै छ ।

हाइलाइट्स

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.