default_image

9 years ago

April 3, 2017

मेस्सी विना बार्सिलोनाको जित, क्लबका लागि नेमारको सय गोल पुरा

160 views

0 Bookmark

ग्रानाडा (एजेन्सी) – स्पेनिस ला लिगामा बार्सिलोनाले ग्रानाडालाई हराउँदा नेमारले काटालान क्लबका लागि १ सयौं गोल गरेका छन् । गए रातीको त्यो खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–१ ले हराएको छ ।

neymar

शीर्षस्थानको रियल मड्रिडको जित र लियोन मेस्सी विना दबाबका बची बार्सिलोनाले फराकिलो जितका लागि उपाधि दौडलाई यथावत राखेको छ । ४४ औं मिनेटमा लुइस स्वारेजको टोलीका लागि गोलको खाता खोलेका थिए । त्यसअघि दुई पटक स्वारेजलाई गोल गर्नबाट ग्रानाडाका गोलकिपर गुइलर्मो ओचाआले असफल बनाएका थिए ।

जेरेमी बोगाले ५० औं मिनेटमा बराबरी गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काएका थिए । तर ६४ औं मिनेटमा २३ बर्षिय स्ट्राइकर पाको फ्रान्सिस्को अल्कासरले गोल गर्दै बार्सिलोनालाई पुन अग्रता दिलाए । खेलको अन्त्यतिर ग्रानाडा १० खेलाडीमा सिमित भएको थियो ।

८२ औं मिनेटमा हेनरी अग्बोले दोस्रो पहेलो कार्डको सामना गर्दै मैदान छोडेपछि ग्रानाडा १० खेलाडीमा सिमित भएको थियो । त्यसको एक मिनेटपछि नै इभान राकाटिकले बार्साका लागि गोल गरे ।

इन्जुरी समयको पहिलो मिनेटमा नेमारले गोल गर्दै टोलीको जितलाई फराकिलो पारे । सन् २०१३ मा बार्सिलोनासँग आवद्ध नेमारको १ सय ७७ औं खेलमा त्यो एक सयौं गोल थियो ।

जितसँगै बार्सिलोनाले रियालसँगको अंक दुरी पुनः छोट्याएको छ । शीर्षस्थानको रियलको २८ खेलमा ६८ र एक खेल बढी खेलेको बार्सिलोनाको ६६ अंक छ ।

हाइलाइट्स

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.