9 years ago
April 3, 2017
लन्डन (एजेन्सी)– इङ्लिस प्रिमियर लिगमा गए राताी म्यानचेस्टर सिटीले दुई पटकको अग्रतलाई जोगाउन नक्सदा आर्सनलसँग २–२ को बराबरीमा चित्त बुझाउनु परेको छ ।

पाँचौं मिनेटमा ल्योरोइ सानेको गोलमा सिटीले खेलमा अग्रता दिलएको थियो । केभिन डी ब्रुइनाको पासलाई सानेले गोल गरेका थिए । घरेलु समर्थकसामु थियो वालकटले ४० औं मिनेटमा बराबरी गोल गर्दै आर्सनललाई खेलमा फर्कएका थिए । तर, त्यसको दुई मिनेट पछि नै सर्जियो अग्वेरोको गोल गर्दै सिटीलाई पुनः अग्रता दिलाए ।
दोस्रो हाफको सुरुआतमा आर्सनल पुनः खेलमा फर्कियो । आर्सनलको कर्नरमा डिफेन्सबाट अघि बढेका मुस्ताफिले ५३ औं मिनेटमा बराबरी गोल गरेका थिए । बराबरीपछि पनि अग्वेरोले गोल दुईपटक अवसर पाएका थिए, तर उनी सफल भएनन् ।
२९ खेलपछि ५८ अंक सहित सिटी तालिकाको चौथो स्थानमा छ । छैटौं स्थानमा रहेको आर्सनलको ५१ अंक छ । चेल्सी (६९ अंक) शीर्षस्थानमा, टोटेनह्याम (६२) दोस्रो, लिभरपुल (५९) तेस्रो स्थानमा छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]