9 years ago
April 4, 2017
स्पेन (एजेन्सी) – रियल मड्रिडका भरपर्दा रक्षक पेपेको स्पेनिस क्लबसँगको सम्झौता अन्तिम बर्ष हो । यो सिजनको अन्त्यसँगै पेपे चिनियाँ क्लब हेबेई चाइना फोर्चुन जाने लगभग पक्का भएपनि युरोपका चर्चित क्लबमध्ये पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटीले उनलाई लिने संकेत देखिएका छन् ।

करिब १२ मिलियन युरो (१ अर्ब नेपाली रुपैयाँ) प्रति वर्ष हेबेई चाइनाको प्रस्तावमा एसियाली क्लबबाट खेल्ने लगभग पक्का भएको अवस्थामा उनका लागि अरु ढोका खुलेको छ । पिएसजी र म्यानचेस्टर सिटीले चासो देखाएपछि पोर्चुगिज ३४ बर्षे सेन्टर ब्याक पेपेले युरोपमा अर्को सिजन पनि खेल्ने सम्भावना बढेको छ ।
पिएसजी र सिटीले म्यानुएल पेलिग्रिनीको प्रशिक्षणमा रहेको हेबेई चाइना फोर्चुन बराबरको सेवा रकम प्रस्ताव नगरेपनि उनीहरुले युरोपियन क्लब फुटबलको सबै भन्दा ठुलो प्रतियोगिता च्याम्पियन्स लिगमा खेल्ने अवसर भने दिन सक्छन् ।
विश्व कप फुटबल नजिकिदै गर्दा राष्ट्रिय टोलीमा अवसर पाउनका लागि पनि पेपेलाई च्याम्पियन्स लिग फुटबल आवशयक पर्ने हुन्छ । पछिल्लो परिस्थितिले उनी युरोपमा खेल्ने सम्भावना बढाएको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]