default_image

9 years ago

April 4, 2017

रोनाल्डोले किन ७ नम्बर जर्सी लगाए ?

139 views

0 Bookmark

मड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले आफुले ७ नम्बरको जर्सी लगाउनुमा म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक एलेक्स फर्गुसनको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

Ronaldo United 7

एक कार्यक्रममा बोल्दै रियल मड्रिड फरवार्ड रोनाल्डोले फर्गुसनले ७ नम्बरको जर्सी लगाउन सुझाएको बताएका छन् । ‘मलाई फर्गुसनले ७ नम्बरको जर्सी लगाउ भन्ने सल्लाह दिएका हुन,’ उनले भने,‘ धेरै उत्कृष्ट खेलाडीले यो नम्बरको जर्सी लगाएको मलाई थाह थियो ।’

रोनाल्डोले फर्गुसनलाई फुटबलमा आफ्नो पिताको दर्जा दिएका छन् । जर्सीका कारण सीआर७ (CR7)भनेर चिनिदै आएका रोनाल्डोले युनाइटेडले आफ्नो करियरमा ठूलो भूमिका रहेको पनि बताएका छन् ।

‘युनाइटेड मेरो करियरको सफलताको सुरुवाती मा सुरुवाती कदम थियो । पाँच वर्षमा हामीले त्यहाँ धेरै ट्रफि जित्यौ,’ उनले स्मरण गरे,‘ मेरो लागि त्यो सपना साकार हुनु सरह थियो ।’

स्पोर्टिंग लिस्बनमा २८ नम्बरको जर्सी लगाउने गरेका रोनाल्डोले युनाइटेडमा हुदा एक पटक ब्यालन डी ओर जितेका थिए । रोनाल्डोलाई बार्सिलोनाका लियोनल मेस्सीसंगै यो पुस्ताको सर्वोत्कृष्ट खेलाडी मानिन्छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.