9 years ago
April 5, 2017
एजेन्सी– युरोपमा सिजनको अन्त्य नहुँदै स्टार खेलाडी अर्को सिजन कुन क्लबमा जाने चर्चा सुरु हुने गर्दछ । हरेक ट्रान्फर विन्डोमा कुन खेलाडी कुन क्लबमा कति रकममा जान्छन् भन्नेमा संसारभरका फुटबल समर्थकहरुका बीचमा पनि चासो रहने गरेको छ ।
सिजनको अन्त्य नहुँदै अर्को सिजन कुन खेलाडी कहाँ हुन सक्छन् भन्ने अनुमान सुरु भइसकेको छ । त्यसमध्ये केही चर्चित खेलाडीको सरुवा र नयाँ सम्झौतका विषयमा यहाँ उल्लेख गरिएको छ ।
१. ज्लाटन इब्राहिमोभिच – म्यानचेस्टर युनाइटेडका इब्राहिमोभिच अमिरिकी मेजर लिग क्लब एल ए ग्यालेक्सीमा आबद्ध हुने हल्ला चुलिएको छ । फक्स डे स्पोट्र्सका अनुसार जुनसम्म युनाइटेडसँग सम्झौतामा रहेका उनले ग्यालेक्सिमा यसअघि सुपरस्टार डेविड बेकह्यामले पाएको भन्दा धेरै रकम पाउनेछन् ।

२. एलेक्सिस स्यान्चेज – चिलीका फरवार्ड स्यान्चेजले चेल्सी जाने चाहना व्यक्त गरेपनि आर्सेनल आफ्नो स्टार खेलाडीलाई घरेलु प्रतिस्पर्धाबाट टाढै राख्न खोजेको छ । द टेलिग्राफका अनुसार स्यान्चेजले लन्डनमै सबै उपाधिको लागि प्रतिस्पर्धा गर्ने क्लबमा आबद्ध हुने चाहना व्यक्त गरेका छन् ।

३. लियोनाल मेस्सी– मेस्सीले बार्सेलोनासँग अर्को पाँच बर्षको लागि सम्झौता लम्बाउने भएका छन् । मेस्सीले सम्झौता नबिकरण नगर्ने हल्ला चलेपछि युरोपका ठूला क्लबले उनलाई भित्राउने तयारी सुरु गर्नु अगावै बार्सिलोनासँग अर्को महिना सम्झौता नविकरण गर्ने काडेना सेरले खुलासा गरेको हो ।

४. डेभिड डि जिया र एडेन हाजार्ड – रियल म्याड्रिडले प्रिमियर लिगबाट दुई खेलाडी अनुबन्धन गर्ने चाहेको छ । डेली मिररले जनाए अनुसार रियलले म्यानचेस्टर युनाइटेडका गोलकिपर डी जिया र चल्सीका स्टार हाजार्डलाई लिन खोजेको हो ।


५. नेमार –चेल्सी र म्यानचेस्टर युनाइटेड नेमारलाई भित्राउन आतुर देखिएका छन् । सन्डे टाइम्सका अनुसार प्रिमियर लिग दुवै टोली नेमारका लागि कीर्तिमानी १ सय ७० मिलियन पाउण्ड खर्चिन तयार छन् । ब्राजिली अन्तराष्ट्रिय खेलाडी नेमारलाई सबै भन्दा धेरै कामाउने खेलाडी बनाउन चेल्सी र युनाइटेड तयार देखिएका छन् ।

December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]