9 years ago
April 5, 2017
एजेन्सी – खेलको दोश्रो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिवर्तन गरेपछि म्यानचेस्टर युनाइटेडले एभर्टनसंग १-१को बराबरी खेलेको छ।

इङ्गलिस प्रिमिएर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा एभर्टनले अग्रता लिएको थियो। २२औं मिनेटमा एस्लि विलिएम्सको पासलाई सदुपयोग गर्दै फिल ज्यागिएल्काले एभर्टनलाई अग्रता दिलाएका थिए।
एभर्टन जित नजिकै पुगेको अवस्थामा विलियम्सले ह्याण्डबल गरेपछि युनाईटेडले पेनाल्टी पाएको थियो। लुक सले बक्स बाहिरबाट प्रहार गरेको सट गोलतर्फ जादैं गर्दा विलियम्सले हातले रोकेपछि रेफ्रिले उनलाई रातो कार्ड देखाएका थिए। ज्लाटन इब्राहिमोभिचले पेनाल्टीलाई गोलमा परिणत गरेपछि खेल १-१को बराबरीमा टुगिंएको थियो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]