9 years ago
April 5, 2017
भ्यालेन्सिया (एजेन्सी) – स्पेनिस तेस्रो डिभिजनको टोली एल्डेन्सले सेगुन्डा डिभिजन ‘बी’ मा बार्सिलोनाको रिजर्भ टोलीसँग १२–० ले पराजित हुनु असाधारण जस्तै मानिएको छ । त्यसैले एल्डेन्सका प्रशिक्षक फिलिपो डी पिएरोलाई सोधपुछका लागि स्पेनिस प्रहरीले नियन्त्रणमा लिएको छ ।
फिक्सिङ्गको आरोपमा डी पिएरोलाई प्रहरीले छानबिनकालागि प्रहरी हिरासतमा राखेपनि बार्सिलोना ‘बी’ को भने मिलेमतोमा कुनै संलग्नता नरहेको हुन सक्ने बताईएको छ ।
एल्डेन्सको पराजय स्पेनिस तेस्रो डिभिजनको इतिहासमा सबै भन्दा ठूलो अन्तरको हारमा पर्दछ । बार्सिलोना ‘बी’ भने समूहको शीर्षस्थानमा छ । खेलपछि स्पेनी रडियो काडेना सेरसँग अन्र्तवार्तामा एल्डेन्सका डिफेन्डर इमायुएल मेन्डीले आफुलाई सहायक प्रशिक्षक फ्रान रुइजले खेलमा मिलेमतो गर्ने योजना सुनाएको बताएका थिए ।
त्यस्तै काडेना सेरसँग कुराकानीमा सहायक प्रशिक्षक रुइजले आफुलाई माथिबाट आदेश आएको बताए । ‘ माथिबाट आदेश आएको थियो । मैले के गर्ने सोच्न सकिन ,’ उनले भने, ‘ खेलको दौरान पनि चुप बसे । मैले कुनै खेलाडी परिवर्तन गरिन र खेल सकिएपछि राजीनामा दिए ।’
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]