7 years ago
April 5, 2017
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडको अहिले दोस्रो स्थानको बार्सिलोना भन्दा २ अंक बढी छ । ला लिगामा अब रियलले १० र बार्सिलोनाले ९ खेल खेल्न बाँकी छ । अहिले रियलको ६८ र बार्सिलोनाको ६६ अंक छ । पछिल्लो एउटा तथ्याङ्कको विश्लेषणलाई आधारमा मान्ने हो भने यो सिजन ला लिगा रियलले […]
स्पेन (एजेन्सी) – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल मड्रिडको अहिले दोस्रो स्थानको बार्सिलोना भन्दा २ अंक बढी छ । ला लिगामा अब रियलले १० र बार्सिलोनाले ९ खेल खेल्न बाँकी छ । अहिले रियलको ६८ र बार्सिलोनाको ६६ अंक छ ।
पछिल्लो एउटा तथ्याङ्कको विश्लेषणलाई आधारमा मान्ने हो भने यो सिजन ला लिगा रियलले जित्ने देखिएको छ । फाइभथर्टिएटका अनुसार रियलले बार्सिलोनालाई १ अंकले पछि पार्दै उपाधि जित्ने अनुमान गरिएको छ । फाइभथर्टिएट तथ्याङ्का मुल्याङ्कन गर्ने एजेन्सी हो ।
सन् २०१० यताको ला लिगाको नतिजाको तथ्याङ्कको आधारमा गरिएको अनुमानका आधारमा रियल पहिलो स्थानमा , बार्सिलोना दोस्रो , एथलेटिको मड्रिड तेस्रो र सेभिल्ला चौथो स्थानमा रहनेछ ।फाइभथर्टिएटको सोही विश्लेषणमा ओसासुना , ग्रानाडा र स्पोर्टिङ गिजोन यो सिजन रेलिगेसनमा पर्न सक्नेछन् ।
सिजनको अन्त्यमा अनुमानित अंकतालिका यस्तो छ ।
April 24, 2024
सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]
April 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]
April 24, 2024
सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]