default_image

8 years ago

April 6, 2017

मेस्सीको पुनरागमनमा बार्सिलोनाको सहज जित

85 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– लियोनल मेस्सीले गए राती स्पेनिस ला लिगामा पुनरागमन गरेको खेलमा २ गोल गरेपछि बार्सिलोनाले सेभिल्लालाई ३–० ले हराएको छ । जितसँगै उपाधि दौडमा बार्सिलोनाले रियल मड्रिडमाथि दबाब कायम राखेको छ । मेस्सीले २ गोल गर्नुअघि टोलीका लागि लुइस स्वारेजले गोल गरेका थिए । टोलीको तीनै गोलमा मेस्सीको भूमिका रह्यो ।

messi suarez

रियलले लेगानेसको सामना गर्नु भन्दा केहि समय अघि भएको खेलमा अंक तालिकाको चौथो टोलीमाथिको जितपछि बार्सिलोना केही समयका लागि शीर्षस्थानमा पुगेको थियो ।

खेलको २५ औं मिनेटमा स्वारेजले अग्रता दिलाएका थिए । मेस्सीले विपक्षका तीन रक्षकलाई दिएको पासलाई स्वारेजले गोल गरेका हुन् । त्यसको तीन मिनेट नवित्दै मेस्सीले गोल गरे । स्वारेजले मिलाईदिएको बलमा मेस्सीले गोल गरेका हुन् ।

३३ औं मिनेटमा मेस्सीले अर्को गोल गरे । नेइमारको कर्नरलाई निको परेजाले क्लियर गरेपनि बल मेस्सीसामु आइपुग्दा उनले १० यार्डबाट प्रहार गरेको भली गोलमा परिणत भएको थियो ।

दोस्रो हाफमा सेभिल्लाले गोल गर्ने मौका सिर्जना गर्न नसकेपछि बार्सिलोनालाई पहिलो हाफको प्रदर्शन जितकालागि काफी रह्यो ।

अर्को खेलमा शीर्ष टोली रियलले लेगानेसमाथि ४–२ को नतिजा निकाल्दै बार्सिलोनासँगको २ अंकको अन्तरलाई कायम राख्यो । रियालको ७१ अंक छ । ला लिगामा बुधबारका अन्य खेलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई ,भिल्लारियलले रियल बेट्सिलाई, ओसासुनाले अल्भेसलाई र मालागाले स्पोर्टिङ गिजोनलाई समान १ –० ले हरायो भने ग्रानाडा र डिर्पोटिभो ला कुरुनाले गोलरहित बराबरी खेले ।

हाइलाइट्स

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.