default_image

9 years ago

April 6, 2017

रोनाल्डो र बेल विना रियलको जितमा मोराटाको ह्याट्रिक

144 views

0 Bookmark

मड्रिड (एजेन्सी)– अल्भारो मोराटाको ह्याट्रिकमा रियल मड्रिडले लेगानेसलाई ४–२ ले हराउँदै पुनः लिगको शीर्षस्थानमा फर्केको छ । रियलको जितअघि सेभिल्लालाई ३–० ले हराउँदै बार्सिलोना केही समयका लागि शीर्षस्थनमा उक्लेको थियो ।

Morata

यो महिना एट्लेटिको मड्रिड , बायर्न म्युनिख र बार्सिलोनाको सामना गर्नुपर्ने भएकोले जिनेदिन जिदानले स्टार खेलाडी गेराथ बेल र क्रिस्टियानो रोनाल्डोलाई गए रातीको खेलमा आराम दिएका थिए । अघिल्लो खेल भन्दा ९ खेलाडी परिवर्तन गरेको रियलले १५ औं हामेस रोड्रिग्ेजको गोलबाट अग्रता लिएको थियो । रोड्रीगुएजको गोलमा अग्रता लिएको थियो । मोराटाले १८ औं र २३ औं मिनेटमा गोल गरेपछ रियलले ३–० ले अग्रता लिएको थियो ।

तीन गोलले पछि परेपनि दुई मिनेटको फरकमा दुई गोल गर्दै घरेलु टोलीले खेलमा फर्कने प्रयास गरेको थियो । ३२ औं मिनेटमा ग्याब्रियल पेरेजले लेगानेसको पहिलो गोल गरे भने त्यसको मिनेट नबित्दै लुसियानो लेभेसले अर्को गोल गरे ।

दोस्रो हाफको सुरुवातमा मोराटाले गोल गर्दै रियलको अग्रतालाई पुनः फराकिलो पारे । उनले ४८ औं मिनेटमा उनले ह्याट्रिक पुरा गरे भने रियलले ला लिगामा लगातार छैटौं जित आत्मसात गर्यो ।

बार्सिलोना भन्दा १ खेल कम खेलको शीर्षस्थानको रियलको ७१ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक छ ।

ला लिगामा बुधबारका अन्य खेलमा एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई ,भिल्लारियलले रियल बेट्सिलाई, ओसासुनाले अल्भेसलाई र मालागाले स्पोर्टिङ गिजोनलाई समान १ –० ले हरायो भने ग्रानाडा र डिर्पोटिभो ला कुरुनाले गोलरहित बराबरी खेले ।

हाइलास्ट्स

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.