7 years ago
April 6, 2017
बार्सिलोना (एजेन्सी)–बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले स्पेनिस ला लिगा मा हिजो सेभिल्लाविरुद्ध गरेको गोल क्यान्सर पीडित बालबालिकाहरुलाई समर्पण गरेका छन् । मेस्सीले गोल गरेपछि दुई औलाले दाहिने गालातर्फ इशारा गर्दै क्यान्सरसंग जुधिरहेका बाल बालिकाहरुलाई समर्पण गरेका हुन् । मेस्सी ब्राण्ड एम्बेसेडर रहेको ‘फर द ब्रेभ वान्स’ नामक सस्थाले बालबालिका लागि बार्सिलोनामा युरोपको सबैभन्दा ठुलो उपचार […]
बार्सिलोना (एजेन्सी)–बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सीले स्पेनिस ला लिगा मा हिजो सेभिल्लाविरुद्ध गरेको गोल क्यान्सर पीडित बालबालिकाहरुलाई समर्पण गरेका छन् । मेस्सीले गोल गरेपछि दुई औलाले दाहिने गालातर्फ इशारा गर्दै क्यान्सरसंग जुधिरहेका बाल बालिकाहरुलाई समर्पण गरेका हुन् ।
मेस्सी ब्राण्ड एम्बेसेडर रहेको ‘फर द ब्रेभ वान्स’ नामक सस्थाले बालबालिका लागि बार्सिलोनामा युरोपको सबैभन्दा ठुलो उपचार र खोज केन्द्रको निर्माणका लागि आर्थिक सहयोग खोजीमा रहेको छ ।
पुनरागमन गरेको खेलमा मेस्सीले २ गोल गरेपछि बार्सिलोनाले सेभिल्लालाई ३–० ले हराएको थियो । जितसँगै उपाधि दौडमा बार्सिलोनाले रियल मड्रिडमाथि दबाब कायम राखेको छ । मेस्सीले २ गोल गर्नुअघि टोलीका लागि लुइस स्वारेजले गोल गरेका थिए ।
टोलीको तीनै गोलमा मेस्सीको भूमिका रहेको थियो । मेस्सीको पासमा स्वरेजले टोलीका लागि पहिलो गोल गरेका थिए । ला लिगामा शीर्षस्थानको ७१ र एक खेल बढी खेलेको बार्सिलोनाको ६९ अंक छ ।
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]
April 25, 2024
सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]
April 25, 2024
एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]