default_image

9 years ago

April 7, 2017

निराश रोड्रिग्वेजले अपशब्द प्रयोग गरेको आरोप , के भने उनले ?

164 views

0 Bookmark

मड्रिड (एजेन्सी)– डिसेम्बर २०१६ देखि रियल मड्रिडबाट पुरा ९० मिनेट खेल्न नपाएका हामेज रोड्रिग्वेज लेगानेससँगको ४–२ को खेलमा ७० मिनेटमा मैदानबाट निकालिदा निराश देखिन्थे । त्यहि खेलपछि उनी विवादमा तानिएका छन् । उनले मैदानबाट बाहिरिदा आक्रोषित हुँदै अपशब्द बोलेकोे आरोप लागेको छ ।

Rodriguez

उनले के भने, यहाँ हेर्न सकिने छ 

मैदान छाडेर बाहिरिदा अपशब्द प्रयोग गरेको स्पेनिस संचारमाध्यम डीपोर्टेस कुवार्टोले जनाएको छ । ‘*** , पुरै खेल खेल्न पनि दिदैन’ भन्दै रोड्रिग्वेज मैदानबाट बाहिरिएको आरोप डीपोर्टेस कुवार्टोले लगाएको छ ।

आक्रोषित रहेका रोड्रिग्वेजले मैदानबाट बाहिरिएपछि बेन्चमा लात हानेको दृश्य क्यामारामा कैद भएको थियो । रियलका प्रशिक्षक जिनेदिन जिदानले भने रोड्रिग्वेज आक्रोषित हुनुलाई स्वाभाविक मानेका छन् । ‘ कुनै पनि खेलाडीले पुरा ९० मिनेट खेल्न नपाउदा निराश हुनु स्वाभाविक हो,’ जिदानेले भने,‘तर उनलाई मैले पुरै समय खेलाउछु भनेर वाचा पनि गर्न सक्दिन ।’

लेगानेसलाई हराउँदा रोड्रिग्वेजले पहिलो गोल गरेका थिए । नियमित खेल्न नपाउदा रोड्रिग्वेज आउने ट्रान्सफर विन्डोमा रियल छाड्न सक्नेछन् । अर्कोतर्फ जिदानले उनलाई बेच्नमा नै राख्न सक्ने सम्भावना बढेको छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.