default_image

9 years ago

April 8, 2017

ला लिगामा रियल र एट्लेटिको भिड्दै

177 views

0 Bookmark

एजेन्सी – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती हुने खेलमा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड भिड्दैछन् यी दुई टोलिबिचको पछिल्लो म्याड्रिड डर्बीमा रियल ३-०ले विजयी भएको थियो एट्लेटिकोको घरेलु मैदानमा भएको उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए

 

अंक तालिकाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड डर्बीमा जित दर्ता गर्दै आफ्नो स्थान थप मजबुत बनाउने धुनमा हुनेछ एट्लेटिको पनि जितसंगै तेश्रो स्थानमा आफ्नो स्थानलाई सुदृध पार्ने खोजमा हुनेछ पछिल्लो खेलमा भ्यालेन्सियालाई ३-०ले पराजित गरेको एट्लेटिकोले आफ्नो पछिल्लो १० खेलमध्य ८मा जित हात पारेको छ

रियल म्याड्रिडले घरेलु मैदानमा भएको पछिल्लो २० लिग खेलमा हार व्येहोरेको छैन यस खेलका लागि राफेल भारान घाइते भएका कारण उपलब्ध नहुने निश्चित छ पछिल्लो खेलमा विश्राम गरेका क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, क्रिम बेन्जेमा, लुका मोड्रीच र टोनी क्रुस पुन: सुरुवाती एघारमा फर्कनेछन्

खेल नेपाली समयानुसार राती ८ बजे सुरु हुनेछ

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.