9 years ago
April 8, 2017
एजेन्सी – बायर्न र डर्टमुण्डको खेल सामान्यतया जर्मन लिगमा ठुलो खेल मानिन्छ, तर यस सिजन डर्टमुण्डको खराब प्रदर्शनसंगै यो खेलले खासै महत्व पाउन सकेको छैन। बायर्न अंक तालिकामा डर्टमुण्डभन्दा १५ अंकले अगाडी छ र उसको लिग उपाधि लगभग पक्का भइसकेको छ। उता डर्टमुण्ड भने चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गर्न नसक्ने अवस्थामा छ।

चोटका कारण आफ्नो सर्वोत्कृष्ट टोली उतार्न असमर्थ रहेको डर्टमुण्डका लागि मारियो गोट्जे, एरिक डरम, आन्द्रे सर्ल र सबास्टियन रोड नखेल्ने निश्चित भइसकेको छ। जुलियन वेगल, लुकास पिस्जेक र मार्क बार्त्राको पनि चोटका कारण खेल्ने नखेल्ने निश्चित भएको छैन। मार्को रीउस भने सानो चोटक वावजुद यस खेलका लागि उपलब्ध रहेका छन्।
उता बायर्नका लागि डग्लस कोष्टा, थोमस मुलर र म्यानुअल नुएर चोटका कारण खेलमा उपस्थित हुने छैनन्। रोबर्ट लेवान्डोसकीले बिहिबारको खेलमा विश्राम गरेपनि यस खेलका लागि भने उपलब्ध हुने पक्का भएको छ।
खेल नेपाली समयानुसार रातको १०:१५ बजे सुरु हुनेछ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]