default_image

7 years ago

April 8, 2017

म्याड्रिड डर्बी बराबरीमा टुंगियो

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले १-१को बराबरी खेल्दै अंक बाँडेका छन्। निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोश्रो हाफमा सम्भव भएको थियो। खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि गोल नहुँदा दोश्रो हाफमा खेल केहि आक्रामक बनेको थियो। ५४औं मिनेटमा म्याड्रिडले पेपेको गोल […]

38 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिडले १-१को बराबरी खेल्दै अंक बाँडेका छन् निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोश्रो हाफमा सम्भव भएको थियो

खेलको पहिलो हाफमा दुवै टोलीले केहि अवसर सिर्जना गरेपनि गोल नहुँदा दोश्रो हाफमा खेल केहि आक्रामक बनेको थियो। ५४औं मिनेटमा म्याड्रिडले पेपेको गोल मार्फत खेलमा अग्रता लिएको थियो। टोनी क्रुसको फ्रिकिकमा हेडर मार्फत गोल गर्दै पेपेले रियललाई अग्रता दिलाएका थिए। खेलमा रियल म्याड्रिड केहि हावी हुँदै गएपछि जिततर्फ अग्रसर देखिएको थियो।

तर, निर्धारित समय सकिन ५ मिनेट बाँकी हुँदा एन्टोइन ग्रिज्मनले गोल गर्दै खेल बराबरीमा ल्याए एन्जल कोरियाको पासलाई सदुपोग गर्दै ग्रिज्मनले उत्कृष्ट फिनिसिङ गरेका थिए

बराबरीसंगै म्याड्रिडले लिगमा आफ्नो अग्रतालाई बढाउने मौका गुमाएको छ शनिबार हुने अर्को खेलमा बार्सिलोनाले मालागालाई हराएको खण्डमा दुवै टोलीको अंक बराबर हुनेछ। यद्दपी रियल म्याड्रिडले १ खेल कम खेलेको हुनेछ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.