9 years ago
April 9, 2017
मालागा (एजेन्सी)– बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष टोली रियल मड्रिडसँग अंकमा बराबरी गर्ने मौका चुकाएको छ । नेमारले दोस्रो पहेलो कार्ड पछि रातो कार्ड पाउँदै मैदान छोड्नु परेको आइतबार बिहानको खेलमा मालगासँग बार्सिलोना २–० ले स्तब्ध भएको छ ।

केहि घन्टाअघि मड्रिड डर्बिमा रियल र एट्लेटिकोले १–१ को बराबरी खेलेपछि बार्सिलोनाले रियलसँग बराबरी गर्ने मौका पाएको थियो । तर, टोली मौकाको उपयोग गर्न असफल रह्यो । १ खेल बढी खेलेको बार्सिलाना शीर्ष टोली रियल भन्दा ३ अंकले पछि परेको छ । रियलको ७२ र बार्सिलोनाको ६९ अंक छ ।
सान्ड्रो रामिरेजले कमजोर रक्षपक्तिको फाइदा उठाउँदै ३२ औं मिनेटमा पूर्व क्लबविरुद्ध गोल गर्दै मालगालाई अग्रता दिलाएका थिए । दोस्रो हाफ बार्सिलोनाका लागि थप पीडादायी बन्यो । खेलको ६५ औं मिनेटमा दोस्रो पहेलो कार्ड पाउँदै नेमारले मैदान छोडेपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।
कर्नर फ्याग नजिक डिएगो लोरेन्टलाई फाउल हानेपछि नेमारले दोस्रो पहेलो कार्डसँगै रातो कार्ड पाएका थिए । ला लिगामा नेमारले रातो कार्ड सामना गर्नु परेको यो पहिलो पटक हो । इन्जुरी समयमा काउन्टर एट्याकमा जोनीले गोल थपेपछि खेलमा फर्कने बार्सिलोनाको झिनो आशा समाप्त भएको थियो ।
रोसालेडामा बार्सिलोना उच्च मनोबलका साथ उत्रनुका पछाडि बलियो इतिहास थियो । सन् २००३ यता टोली रोसालेडामा अपराजित थियो । तर, यसपटक दृश्य बदलिएको छ । बार्सिलोना निराश भएर फर्केको छ ।
ला लिगाका अन्य खेलमा भिल्लारियलले एथलेटिको बिलबाओलाई ३–१ ले, सेभिल्लाले डिपोर्टिभो लाकुरुनालाई ४–२ ले , इस्पानियोलले अल्भेसलाई १–० ले हराएको छ ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]