9 years ago
April 9, 2017
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको मालागा र बार्सिलोनाबिचको खेलमा रातो कार्ड पाएका ब्रजिलिएन फरवार्ड नेयमारले दुइ सातापछि हुने रियल म्याड्रिड र बार्सिलोनाको खेल गुमाउने भएका छन्। मालागाको घरेलु मैदानमा भएको खेलमा २-०को पराजय भोगेसंगै बार्सिलोनाले महत्वपूर्ण ३ अंक गुमाएको थियो।

मालागा विरुद्धको खेलमा दुइ पहेंलो कार्ड पाएका नेयमारले लिगको नियमअनुसार १ खेलमात्र गुमाउने थिए तर मैदानबाट बाहिरिने क्रममा चौथो अफिसियललाई व्यंग्यात्मक ढंगले ताली बजाएकाले नेयमारलाइ थप कारवाही हुने भएको हो। बार्सिलोनाले रियल म्याड्रिडसंग अप्रिल २३मा खेल्दैछ र त्यसअघि हुने रियल सोसिडाड विरुद्धको खेलमा नेयमार रेड कार्डका कारण उपलब्ध हुने छैनन्। तर उनको खराब व्यवहारका कारण हुने थप प्रतिबन्धले उनि म्याड्रिड विरुद्धको खेलमा अनुपस्थित हुने भएका हुन्।
रेफ्रीको रिपोर्टमा लेखीए अनुसार विगतमा पनि यस्ता घटनाहरु भएका छन्। सन् २०१२मा भ्यालेन्सियाका सोफिआने फेगुलीले पनि यस्तै घटनामा मुछिंदा ३ खेलको प्रतिबन्ध पाएका थिए। यसैगरी बार्सिलोनाका लुइस सुआरेज पनि रेड कार्ड पाएपछि मैदान छाड्न ढिलाई गर्दा २ खेल प्रतिबन्धमा परेका थिए।
थप १ खेल प्रतिबन्धमा परे पनि नेयमारले म्याड्रिड विरुद्धको खेल गुमाउनेछन्।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]