default_image

9 years ago

April 9, 2017

प्रिमियर लिगमा युनाइटेडसँग सन्डरल्यान्डको हार

180 views

0 Bookmark

सन्डरल्यान्ड (एजेन्सी)– प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले अंक तालिकाको पुछारमा रहेको सन्डरल्यान्डलाई ३–० ले पराजित गरेको छ । अंकतालिकाको शीर्ष ४ मा पर्न संघर्षरत युनाइटेड एक खेल कम खेलेको आर्सनललाई पछि पर्दै पाँचौ स्थानमा एक्लेको छ ।

Zlatan scores winner against Leicester in Community Shield

मुख्य खेलाडी विना मैदानमा उत्रेको युनाइटेडले ३०औ मिनेटमा आग्रता लिएको थियो । पाहुना टोलीका लागि स्वीडिस फरवार्ड ज्लाटन इब्रहिमोभिचले पहिलो गोल गरेका थिए । खेलमा पछाडि परेको सन्डरल्यान्ड सम्हालिन नपाउँदै सन्डरल्यान्ड मध्यान्तर हुन २ मिनेट बाँकी रहँदा १० खेलाडीमा सिमित भएको थियो ।

सेबास्यिन लार्सनले रेड कार्ड खाएपछि सन्डरल्यान्ड १० खेलाडीमा सीमित हुन पुगेको थियो । दोस्रो हाफको पहिलो मिनेटमै हेनरिक मख्तारियानले गोल गरेपछि युनाइटेडले अग्रतालाई दोब्बर पारेको थियो । खेल सकिन एक मिनेटमा बाँकी रहँदा मार्कस रसफर्डले गरेपछि टोलीको जित सहज भएको थियो । रसफोर्ड ६९ औं मिनेटमा लिंगार्डको ठाँउमा मैदान प्रवेश गरेका थिए ।

३१ खेलमा युनाइटेडको ५७ अंक पुगेको छ । शीर्षस्थानमा रहेको चेल्सीको ७५, टोटेनह्यामको ६८, लिभरपुलको ६३, म्यानचेस्टर सिटीको ६३ र पाँचौं स्थानको आर्सनलको ५४ अंक छ ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.