9 years ago
April 10, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रातो कार्ड पाएपश्चात गरेको व्यवहारका कारण नेयमारले थप प्रतिबन्ध पाउँदै एल क्लासिकोमा प्रतिबन्धित हुने भएका छन्। रातो कार्ड पाएपछि मैदान छाड्ने क्रममा चौथो अफिसियललाई व्यंग्यात्मक ढंगले ताली बजाएपछि नेयमार फसेका हुन्।

रोनाल्डोले लास पल्माससंग खेल्दा ला लिगाको चौथो पहेंलो कार्ड पाएका थिए र आगामी साता स्पोर्टिङ गिहोनसंग खेल्दा रोनाल्डोले जसोतसो पहेंलो कार्ड नपाउने गरि खेल्नुपर्नेछ। यदि उनले पहेंलो कार्ड पाएमा २ सातापछि हुने क्लासिको गुमाउनेछन्।
तर, म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले त्यस खेलका लागि रोनाल्डोलाई विश्राम दिने सम्भावना पनि उत्तिकै छ। रोनाल्डोसंगै ड्यानी कार्भाजल पनि प्रतिबन्ध बाट १ पहेंलो कार्ड टाढा थिए तर उनले शनिबारको खेलमा पाएको कार्डले अर्को खेल प्रतिबन्धमा परे। कार्भाजलले स्पोर्टिङसंगको खेल गुमाउनेछन् भने एल क्लासिकोमा उपस्थित हुने पक्का छ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]