10 years ago
October 15, 2015
रेडबुल राष्ट्रिय लिग अन्तर्गत आज हुने खेलमा ए.पि.एफ र झापा भिड्दै छन्|
दुवै टोली लागातार दुई हार व्यहोरेका कारण उपाधि होडबाट बाहिरिएका हुन्| झापाले काठमाडौं आएदेखि खेलेको दुई खेलमध्य मनाङसंग ३-२को र थ्रि स्टारसंग १-०को हार व्यहोर्यो| उता ए.पि.एफ लगातार तिन हारको शिलशिला टुङ्ग्याउँदै चौथो स्थानमा लिगको सुखद अन्त्य गर्ने दाउमा हुनेछ| मनाङसंग १-०, सुदुरसंग ५-३ र थ्रि स्टारसंग ३-१को हार व्यहोरेको ए.पि.एफ आजको खेलमा अधिकांश विभागिय खेलाडी लिएर उत्रनेछ|
पछिल्लो खेलहरुमा कन्ट्र्याक्टका खेलाडीहरुको प्रदर्शन सन्तोषजनक नभएको अभिव्यक्ति प्रशिक्षक कृष्ण थापाले दिएका थिए|
झापा पनि यो खेलमा जित हात पार्दै लिगको सुखद अन्त्य गर्ने सुरमा हुनेछ| उपाधि दौडमा अग्रपंक्तिमा रहेको झापाले अन्तिमतिर लय गुमाउँदा उपाधिबाट टाढा हुनुपरेको थियो|
खेल दिनको २:३० बजे सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको एष्ट्रो टर्फको मैदानमा हुनेछ|
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]