काठमाडौं, असोज २८
अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित ५ खेलाडी दसैपछि मात्र अदालतमा उपस्थित गराइने भएको छ ।
थ्री स्टार क्लबका कप्तान समेत रहेका सागर अर्को खेलाडी सन्दीप राई, नेपाल पुलिस क्लबका रितेश थापा तथा पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री बुधबार पक्राउ परेका थिए ।
पक्राउ परेको २४ घण्टामा अदालतमा उपस्थित गराउनुपर्ने भएपनि दसैं विदाका कारण उपस्थित गराउन नमिल्ने भएको छ । घटस्थापनादेखि अलादत बन्द भइसकेका छन् ।
सार्वजनिक बिदा परेको अवस्थामा त्यसपछि अदालत खोल्ने दिन आरोपितलाई उपस्थित गराउनुपर्ने कानुनी व्यवस्था छ । अब दसैंपछि मात्र अलादत खेल्नेछन् । प्रहरीले खेलाडीहरुलाई संगठित अपराध र देशद्रोह सम्बन्धी मुद्दा चलाउने तयारी गरेको थियो ।