9 years ago
May 8, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोली हाल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षणरत रहेको छ। आउँदो वर्ष हुने साफ च्याम्पीयनसिपलाई लक्षित गर्दै एन्फाले राष्ट्रिय टोलीको प्रशिक्षणलाई नियमित बनाउने लक्ष्य लिएर प्रशिक्षण सुरु भएको हो। यस बिचमा एन्फाले केहि मैत्रीपूर्ण खेलहरु आयोजना गर्ने पनि बताउँदै आएको छ।

फुटबल खेलाडी अमृता जैसी र निर्मला बिक
त्यसै अनुरुप, आगामी जेष्ठ ९ गते मलेसियाको राष्ट्रिय टोलीसंग मैत्रीपूर्ण खेल पक्का भएसंगै प्रशिक्षक कुमार थापाले साफ च्याम्पीयनसिप खेलेको २० सदस्यीय राष्ट्रिय टोलीमा केहि खेलाडी थप गरेर प्रशिक्षण दिइरहेका छन्। तर, उक्त टोलीका २० सदस्यमध्य नेपाल पुलिस क्लबमा आवद्ध रहेका दुई खेलाडी भने हाल सिन्धुपाल्चोक जिल्लामा चुनावी ड्युटीमा रहेका छन्। यद्दपी, सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लबका खेलाडीहरु भने नियमित प्रशिक्षणमा सहभागी भइरहेका छन्।
नेपाली टोलीकै सबैभन्दा अनुभवी गोलरक्षक नमिता कुमारी दली र फरवार्ड निर्मला बिक हाल नेपाल पुलिस क्लबका अन्य खेलाडीसंग ड्युटीमा खटिदै छन्। नेपाली टोली मैदानमा प्रशिक्षण गरिरहँदा यी खेलाडीहरुको अनुपस्थिति भने टोलीमा अवश्य खड्किनेछ।
नेपाल प्रहरीको खेलकुद समितिका एक उच्च अधिकारीले उनीहरू पहिले प्रहरी त्यसपछि मात्र खेलाडी भएकाले फिल्डमा खटाइएको बताएका थिए । ‘उनीहरू पहिले प्रहरी हुन् त्यसपछि मात्र खेलाडी । उनीहरूलाई संगठनले आफू अनुकूल परिचालन गर्न सक्छ’, ती अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा अन्नपूर्णपोस्ट्लाई बताएका थिए।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसीबीचको साफ महिला क्लब च्याम्पियनसिपको समूह चरणमा अन्तिम खेल बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपिएफ र इस्ट बंगालले गोलरहित बराबरी खेलेका हुन् ।फाइनल पुगिसकेका यी दुई टोलीबीच आजको नतिजाले अंक तालिकामा केही फरक परेन । आजको खेल फाइनलअघिको तयारको रुपमा लिइएको थियो । लिग […]
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]